मङ्गलबार, फागुन २५, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

ऐतिहासिक रानीपोखरीको उद्घाटन कात्तिक ५ गते हुदै

ऐतिहासिक रानीपोखरीको उद्घाटन कात्तिक ५ गते हुदै

पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । २०७२ सालको भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार उक्त दिन बिहान प्रतापमल्लकालीन न्हुँपोखरी उद्घाटन हुने छ ।तीन सय ५२ वर्ष पुरानो सम्पदा भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न छ ।

उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन् ।

 

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु