आइतबार, असोज ११, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

चोरी तथा लुटपाटमा संलग्न ५ जना बौद्ध प्रहरीको फन्दामा,सुन किन्न बोलाएर १३ लाख लुटपाट

चोरी तथा लुटपाटमा संलग्न ५ जना बौद्ध प्रहरीको फन्दामा,सुन किन्न बोलाएर १३ लाख लुटपाट

काठमाडौं – चोरी तथा लुटपाटमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्ने ५ जनालाई महानगरीय प्रहरी वृत्त बौद्धले सार्वजनिक गरेको छ । लुटपाटमा संलग्न एक भने फरार रहेको बौद्ध प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिएका छन् ।

डिएसपी कार्कीका अनुसार उदयपुर चौदण्डी नगरपालिका-४ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ३७ बर्षीया निराहाङ राईलाई सुन खरीद गर्ने बहाना बनाई गत १८ गते बूढानिलकण्ड नगरपालिका -११ आनिगुम्बामा बोलाई २ वटा मोटरसाईकलमा आएका अपरिचित समूहले राईले साथमा बोकेको नगद रू.१३,५०,०००।( तेह लाख पचास हजार) जबरजस्ती चोरी गरी फरार रहेका थिए । राईको निवेदनका आधारमा लुटपाटमा संलग्नहरुको खोजीकार्यको क्रममा उपत्यका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नपा-३ घर भइ हाल टोखा नपा-७ बस्ने ३२ वर्षीय बिष्णु थापालाई बौद्धबाट,सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भई हाल गोकर्णेश्वर-८ माकलवारी बस्ने २७ वर्षीय मेख बहादुर तामाङलाई नयाँ बानेश्वरबाट( नगद रू. ८५००, चोरी गरेको नगद रू.२,५०,००० मा खरीद गरेको प्रदेश नं. ३-०२.०१३ प ३३८० नं. को पल्सर मोटरसाईकल सहित), सिन्धुपाल्चोक जुगल गाउँपालिका २ घर भइ हाल भक्तपुर मध्यपुर ठिमी-९ बस्ने २८ वर्षीय रुवेन लामा (गोले) लाई कौशलटार भक्तपुरबाट (नगद रू ३,२६,००० सहित), सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ घर भई हाल बूढानिलकण्ठ-१० बस्ने २३ वर्षीय आकाश स्याङबो (नगद रू.१०,००० सहित),सर्लाही हरिवन-५ घर भई हाल बूढानिलकण्ठ-१० कपन बस्ने २२ वर्षीय बिशाल लामा(चोरी वारदातमा प्रयोग भएको बा.२४ प २८६७ नं. को पल्सर मोटरसाईकल सहित) रहेको बौद्ध प्रहरीले जनाएको छ । त्यस्तै घटनामा संलग्न भनिएका सिन्धुपाल्चोक बाह्रबिसे नपा-४ घर भई हाल कामनपा-७ बस्ने अन्दाजी ३२ वर्षीय सुजन बिक भने फरार रहेका छन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सोही टिमले नै गोकर्णेश्वर नगरपालिका वडा नं-१ नयाँपाटी स्थित रुपा गुरुङको घरमा चोरी गरेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार उनीहरुबाट रुपा गुरुङको घरबाट चोरी गरी लुकाई छिपाई राखेको नगद रु ४,६३,००० सहित जम्मा नगद रू ८,०७५००( आठ लाख सात हजार पाँच सय), बा.२४ प २८६७ नं. को पल्सर मोटरसाईकल(चोरीमा प्रयोग भएको), प्रदेश नं. ३-०२,०१३ प ३३८० नं. को पल्सर मोटरसाईकल (चोरी गरेको नगदबाट खरीद गरेको) , मोबाईल थान ४ थान र यसमा प्रयोग भएका ५ थान सिमकार्ड बरामद गरेको हो ।

चोरी तथा लुटपाटमा पक्राउ परेकाहरुलाई चोरी तथा लुटपाट कसुरमा मुद्धा चलाइने प्रहरीले जनाएको छ ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु