बिहिबार, माघ १५, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

काठमाडौं उपत्यकामा आइसोलेसन वेड तिब्र गतिमा तयार हुँदै,कहाँ कति तयार ?

'१२ सय तयार,२६ सय तयारीको अन्तिम चरणमा'

काठमाडौं उपत्यकामा आइसोलेसन वेड तिब्र गतिमा तयार हुँदै,कहाँ कति तयार ?

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) संक्रमण दिन प्रतिदिन बढ्न थालेपछि काठमाडौं उपत्यकामा आइसोलेसन वेड तिव्र रुपमा तयार गरिदैं छ । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा सुविधा सम्पन्न आइसोलेसन वेड तयार गर्ने कार्यक्रम अनुरुप सो कार्य धमाधम भइरहेको छ ।

कोभिडको बढ्दो प्रभावलाई नियन्त्रण तथा रोकथाम गर्न नेकपा केन्द्रिय सदस्य तथा काठमाडौं ३ प्रतिनिधि सभा सदस्य कृष्णबहादुर राईको संयोजकत्वमा ४ सदस्यीय उपत्यकास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समिति निमार्ण गरि सोही समिती मार्फत काठमाडौं उपत्यकामा ६ हजार आइसोलेसन वेड तयार गर्न लागिएको हो ।

काठमाडौं भित्रका नगरपालिकाहरुमा आइसोलेसन केन्द्र र त्यस सम्बन्धीको व्यवस्थापनको अवलोकन सांसद राई संयोजक रहेको टोलीले गरेको छ । सांसद कृष्णबहादुर राई,नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं महानगर इन्चार्ज सांसद जीवनराम श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य दिपक निरौला, स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्की लगाएतको टोलीले विभिन्न नगरपालिका भित्रको अवस्था र ओइसोलेसन वेड निमार्ण कार्यको प्रगतिबारे अवलोकन गरेका हुन ।

उक्त समितिले शंखरापुर नगरपालिका ,कागेश्वरी मनहरा नगरपालिका,दक्षिणकाली नगरपालिका, किर्तिपुर नगरपालिका,चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका र तार्केश्वर नगरपालिकाहरुमा आइसोलेसन केन्द्र र त्यस सम्बन्धी व्यवस्थापनको आवलोकन गरेको हो ।

संमिति संयोजक एव्म सांसद राईले ६ हजार वेड तयार गर्ने कार्यले तिब्रता पाएको बताए । उनले भने ‘काठमाडौं जिल्लाका नगरपालिका भर करिब १२०० आइसोलेसन वेड तयार भइसकेका छन् । टोखा नगरपालिका र बूढानिलकण्ठ नगरपालिकामा २६ सय वेड तयारीको अन्तिम चरणमा छन् ।’

नेकपा काठमाडौं जिल्ला अध्यक्ष समेत रहेका राईले उपत्यकामा पछिल्लो समय तिब्ररुपमा कोरोना संक्रमितको संख्या बढ्कोले भयावह हुन नदिन सबै तयारी अवस्थामा रहनुपर्ने बताए । उनले बागमती सरकारको संक्रियतामा हामी जनताका सेवकले थप सहयोग गर्ने हेतु अनुरुप कार्य भइरहेको बताए । ‘केन्द्र सरकारले देशभर हेर्नुपर्छ,केन्द्र सरकारले समन्वय गर्ने, आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने स्थानिय, प्रदेश सरकारमा आएक समस्यालाई हल गर्ने र आवश्यक निर्देशन दिने हो, देशभरको अवस्था उस्तै छ’ उनले भने ‘आ-आफ्नो क्षेत्र,स्थानिय सरकार, प्रदेश सरकारले अझै सक्रियता बढाएर जनताको जीवनरक्षा गर्नु हाम्रो कर्तव्य भएकोले सबै तह र तप्का मिलेर कोभिडको सामना गर्नुको विकल्प छैन ।’

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल,बागमती प्रदेश मुख्यमन्त्री डोरमणी पौडेल, नेकपा केन्द्रिय सदस्य एव्म काठमाडौं क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राई,काठमाडौं महानगपालिकाका प्रमुख विद्या सुन्दर शाक्य, नेकपा भक्तपुर र ललितपुर जिल्ला अध्यक्ष लगाएतको उपस्थितीमा होटल एल्लो प्यागोडामा भएको अनौपचारिक छलफलमा कोभिड नियन्त्रणको लागी उपत्यकामा ६ हजार आइसोलेसन वेड तयार गर्न सांसद राईको संयोजकत्वमा ४सदस्यीय अनौपचारिक समिति तयार गरेको थियो ।

काठमाडौं उपत्यकामा दैनिक ३ सय भन्दा बढीको संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि बागमती प्रदेश सरकारले थप चासो दिएको हो । केन्द्र सरकारले कोभिड नियन्त्रणमा विभिन्न नीति बनाए पनि कार्यान्वयन फितलो भएको तथा बागमती प्रदेश भित्रका स्थानीय सरकार र सांसदहरुलाई समेत थप चलाएमान गराउन र कोरोना नियन्त्रणमा जनताको सेवामा समर्पीत हुने ध्ययेले प्रदेश सरकारले यस्तो कार्यक्रम ल्याएको बताइएको छ ।

उक्त समितिले काठमाडौं उपत्यकाका तीनै जिल्लाका विभिन्न क्षेत्रमा उचित स्थान छनौट गरि कोरोना संक्रमितहरुलाई राख्ने, सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापना गर्ने ,कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाव संकलनका लागी सम्बन्धीत स्थानमा पठाउने लगाएतका जिम्मेवारी पाएको थियो । समितिले उपत्यकामा एक हप्ता भित्रमा कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ नगरिए स्थिती भयावह आउन सक्ने समेत निष्कर्ष निकालेको थियो ।

 

उक्त आइसोलेसन केन्द्रहरुमामा आवश्यक पर्ने स्वास्थ्यकर्मी तथा प्राविधिक जनशक्ति उपलब्ध गराउन स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई समेत आग्रह गरिएको थियो ।

कहाँ कति संक्रमित र कति आइसोलेसन वेड तयार?

ेशंखरापुर नगरपालिका
वेड ४० वटा
हालसम्म पीसिआर परिक्षण ६३६
एम्बुलेन्स ३ वटा
संक्रमित संख्या २० जना
कोरोनामुक्त १७ जना

कागेश्वरी मनहरा नगरपालिका
वेड १०० वटा
हालसम्म पीसीआर परिक्षण ३०००
एम्बुलेन्स ३ वटा
संक्रमित संख्या १११ जना
कोरोनामुक्त ६० जना

दक्षिणकाली नगरपालिका
वेड ५० वटा
एम्बुलेन्स २ वटा
संक्रमित संख्या १६ जना
कोरोनामुक्त २ जना

किर्तिपुर नगरपालिका
वेड २५ वटा
हालसम्म पीसीआर परिक्षण ७८०
एम्बुलेन्स २ वटा
संक्रमित संख्या ४९ जना
कोरोनामुक्त २५ जना
मृत्यु १ जना

चन्द्रागिरि नगरपालिका
वेड १४ वटा
हालसम्म पीसीआर परिक्षण ७०००
एम्बुलेन्स ९ वटा
संक्रमित संख्या ९४ जना
कोरोनामुक्त ४७ जना

नागार्जुन नगरपालिका
वेड ५५० वटा
हालसम्म पीसीआर परिक्षण २०००
एम्बुलेन्स ० वटा
संक्रमित संख्या १०३ जना
कोरोनामुक्त ५९ जना

तारार्केश्वर नगरपालिका
वेड ५० वटा
हालसम्म पीसीआर परिक्षण ५५१
एम्बुलेन्स २ वटा
संक्रमित संख्या १०५ जना
कोरोनामुक्त २५ जना
मृत्यु १ जना

अन्य नगरपालिकाको अध्यावधिक हुनबाँकी

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु