आइतबार, असोज ११, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

काठमाडौं उपत्यकामा सांसद राईको संयोजकत्वमा ६ हजार आइसोलेसन वेड तयार गरिदैं

'आइसोलेसन वेड बनाउन नदिन केही तत्वहरु उद्यत'

काठमाडौं उपत्यकामा सांसद राईको संयोजकत्वमा ६ हजार आइसोलेसन वेड तयार गरिदैं

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) संक्रमण दिन प्रतिदिन बढ्न थालेपछि काठमाडौं उपत्यकामा ६ हजार आइसोलेसन वेड तयार गरिने भएको छ । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा सुविधा सम्पन्न आइसोलेसन वेड तयार गर्न लागेको हो । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल,बागमती प्रदेश मुख्यमन्त्री डोरमणी पौडेल, नेकपा केन्द्रिय सदस्य एव्म काठमाडौं क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राई,काठमाडौं महानगपालिकाका प्रमुख विद्या सुन्दर शाक्य, नेकपा भक्तपुर र ललितपुर जिल्ला अध्यक्ष लगाएतको उपस्थितीमा होटल एल्लो प्यागोडामा भएको अनौपचारिक छलफलमा कोभिड नियन्त्रणको लागी उपत्यकामा ६ हजार आइसोलेसन वेड तयार गर्न लागिएको छलफलमा सहभागी एक सदस्यले जानकारी दिए ।

कोभिडको बढ्दो प्रभावलाई नियन्त्रण तथा रोकथाम गर्न सांसद कृष्ण बहादुर राईको संयोजकत्वमा ४ सदस्यीय उपत्यकास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समिति समेत निमार्ण गरिएको ति सदस्यले बताए । सांसद राई संयोजक रहेको समितिमा नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं महानगर इन्चार्ज सांसद जीवनराम श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्की रहेका छन् ।

काठमाडौं उपत्यकामा दैनिक ३ सय भन्दा बढीको संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि बागमती प्रदेश सरकारले थप चासो दिएको हो । केन्द्र सरकारले कोभिड नियन्त्रणमा विभिन्न नीति बनाए पनि कार्यान्वयन फितलो भएको तथा बागमती प्रदेश भित्रका स्थानीय सरकार र सांसदहरुलाई समेत थप चलाएमान गराउन र कोरोना नियन्त्रणमा जनताको सेवामा समर्पीत हुने ध्ययेले प्रदेश सरकारले यस्तो कार्यक्रम ल्याएको स्रोतले बतायो ।

उक्त समितिले काठमाडौं उपत्यकाका तीनै जिल्लाका विभिन्न क्षेत्रमा उचित स्थान छनौट गरि कोरोना संक्रमितहरुलाई राख्ने, सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापना गर्ने ,कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाव संकलनका लागी सम्बन्धीत स्थानमा पठाउने लगाएतका जिम्मेवारी रहेका छन । समितिले उपत्यकामा एक हप्ता भित्रमा कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ नगरिए स्थिती भयावह आउन सक्ने समेत निष्कर्ष निकालेको छ ।

छलफलमा बागमती प्रदेशले स्थापना गर्ने सुविधा सम्पन्न आइसोलेसन केन्द्रमा आवश्यक पर्ने स्वास्थ्यकर्मी तथा प्राविधिक जनशक्ति उपलब्ध गराउन स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई आग्रह गरिएको थियो भने अन्य क्षमता र सुविधा विस्तारका लागि स्थानीय तहमा संचालित स्वास्थ्य केन्द्रलाई सहयोग गरिएको समेत छलफलमा सहभागी ती सदस्यले बताए ।

कोरोना संक्रमितको व्यवस्थापन तथा आइसोेलेसन स्थापनाका लागी त्रिभुवन विश्वबिद्यालयका भवन तथा स्थान उपलब्ध गराउनेबारे विश्वविद्यालय सकरात्मक रहेको बताइएको छ ।

स्रोतका अनुसार कोभिड नियन्त्रणको लागी बनाउन लागिएको आइसेलेसन वेड लगाएतका कार्यहरुमा केही तत्वहरुले बनाउन नदिने र सरकारलाई कोरोना नियन्त्रण गर्न नसकेको भन्दै भ्रम छर्न उद्यत रहेको बताइएको छ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु