बुधबार, कार्तिक ०५, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

गोकर्णेश्वर नगरपालिकामा एक साताका लागी अत्यावश्यक बाहेक सम्पूर्ण व्यवसाय संचालनमा रोक

गोकर्णेश्वर नगरपालिकामा एक साताका लागी अत्यावश्यक बाहेक सम्पूर्ण व्यवसाय संचालनमा रोक

गोकर्णेश्वर नगरपालिकामा एक साताका लागी अत्यावश्यक बाहेक सम्पूर्ण व्यवसाय संचालनमा रोक

काठमाडौं – गोकर्णेश्वर नगरपालिकाले आजदेखी ८ गतेसम्मका अत्यावश्यक बाहेकका सम्पूर्ण पसल तथा व्यवसाय संचालनमा रोक लगाएको छ ।

नगरपालिकाले भाद्र ८ गतेसम्मको लागि नगर क्षेत्र भित्र खाध्यान्न र औषधी बाहेक सम्पूर्ण पसल–ब्यबसाय बन्द गर्ने निर्णय गरेको नगर प्रमुख सन्तोष चालिसेले जानकारी दिए । उनले भाद्र ८ गतेसम्मको परिस्थीत कस्तो हुन्छ त्यसअनुरुप नयाँ कदम चालिने बताए ।

नगर प्रमुख चालिसेका अनुसार कोभिडको बढ्दो महामारीसँगै चाडवाड पनि नजिकिदै गर्दा पसल व्यवसायहरुमा भिड हुने देखिएपछि भाद्र ८ गतेसम्मका लागी अत्यावश्यक बाहेकका पसल तथा व्यवसाय संचालनमा रोक लगाइएको हो ।

नगरपालिका नगर कार्यपालिकाको हिजो सोमबार बसेको बैठकले गोकर्णेश्वर क्षेत्रमा पनि कोरोना संक्रमित भेटिदै गएपछि बढी भिडभाड हुने क्षेत्रहरुमा संचालन रोक लगाउने निर्णय भएको मेयर चालिसेले बताए ।

कोरोना संक्रमण बढदै गएको छ,हाम्रो नगरपालिका क्षेत्र भित्र पनि केही सं्रक्रमित भेटिएका छन्, चाडपर्व आउँदैछन् मानिसको भिडभाड कम गर्नुपर्ने अवस्था छ उनले भने कोरोना संक्रमणको रोकथाम एव्म नियन्त्रण गर्ने अचुक उपायनै भौतिक दुरी कायम गर्ने,मास्क लगाउने, समय समयमा साबुन पानीले हात धुने हुन ति सबैले पालन गरौं ।

मेयर चालिसेले कोभिड सुरुवात भएदेखी गोकर्णेश्वर नगरपालिमा करिब ४० जना संक्रमित भएकामा अहिले अधिकाशं निको भइसकेको जानकारी दिए । उनले वडा १, ४ र ५ का केही परिवारमा कोरोनासँग मिल्ला जुल्दा लक्षण देखिएपछि पीसीआर परिक्षणका लागी स्वाव संकलन गरी पठाइएकोमा आज र भोलीमै रिपोर्ट आउने बताए ।

नगरपालिकाले रोक लगाउने निर्णय भएका व्यवसायहरुमा रेस्टुरेन्ट एण्ड वार,होटल खाजा घर, क्याफे चिया पसल, पार्टी प्यालेस मिष्ठान्न भण्डार,सैलुन, ब्युटी पार्लर, जिम हल,गेम पार्लर,फेन्सी पसल, कपडा पसल, गार्मेन्टस, सपिंगमल डिपार्टमेन्ट स्टोर, इलेक्ट्रोनिक्स,इलेक्ट्रिकल, मेसेनरी पार्टपुर्जा पसल लगाएतका रहेका छन् ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु