सोमबार, असोज ०५, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सिन्धुपाल्चोक पहिरोमा परी ५० भन्दा बढीको हताहती भएको आशंका,उद्धारका लागी हेलिकप्टोर परिचालन

सिन्धुपाल्चोक पहिरोमा परी ५० भन्दा बढीको हताहती भएको आशंका,उद्धारका लागी हेलिकप्टोर परिचालन

काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पहिरोले कम्तिमा ५० जना हताहती भएको आशंका गरिएको छ ।

शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुख गोपाल तामाङका अनुसार ‘१३ वटा भन्दा बढी घर पुरिएको र कम्तीमा ५० जना बेपता भएको आशंका गरिएको जानकारी दिए ।

प्रमुख तामाङले भने अहिले हामी घटनास्थलमा जाने क्रममा छौं, वडा २ का अध्यक्ष सँग सम्पर्क भईरहेको छ । यतीनै भन्ने एकिन जानकारी अझै भइसकेको छैन । लिदिको भौगोलिक हिसावले विकट रहेको साथै जानेबाटो अवरुद्ध रहेकोले हामी पुग्न कम्तीमा २ घण्टा लाग्छ । तर सोही स्थानमा रहेको जनशक्ती परिचालन भइसकेको छ ।

१५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका खबर पाएको उनले बताए। उनका अनुसार सो क्षेत्रमा २५–३० घरहरु जोखिममा छन् ।

अहिले पानी पर्न रोकिएको छ,उद्धार कार्य सुरु भएको छ प्रमुख तामाङले भने ‘उद्धाका लागी काठमाडौंबाट हेलिकोप्टर परिचालनको गर्ने तयारीमा छौं । घटनास्थलमै पुगेर विस्तृत जानकारी गराउने छौं ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु