शनिबार, माघ ०३, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

राष्ट्रपति कार्यालय नजिकै गोली चल्यो

राष्ट्रपति कार्यालय नजिकै गोली चल्यो

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कसैमाथि राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिकै गोली प्रहार भएको बताएका छन् ।

ह्वाइट हाउसमा भएको नियमित पत्रकार सम्मेलन आकश्मिक रुपमा त्यहाँबाट गएका थिए । उनलाई गुप्तचर निकयाका एजेन्टले विशेष जानकारी दिएपछि पत्रकार सम्मेलन छोडेर भित्र गएका हुन् ।

उनको सुरक्षामा खटिएका ती एजेन्ट पत्रकारको प्रश्नको जवाफ दिइरहेका बेला स्टेजमा गएर ट्रम्पको कानमा केही बताए ।

ट्रम्पले ‘ओहो’ र ‘के भइरहेको छ’ भनेको सुनिभएको बिबिसीले उल्लेख गरेको छ । त्यसपछि उनी ब्रिफिङ्ग स्थलबाट बाहिरिए । घटना हुँदा ह्वाइट हाउस लकडाउन गरिएको थियो ।

सोमबारको ब्रिफिङ्गको क्रममा भएको यो घटनापछि ट्रम्पले पत्रकारलाई प्रतिक्रिया दिँदै अवस्था अहिले नियन्त्रणमा रहेको बताएका छन् ।

झण्डै ९ मिनेटपछि पोडियममा फर्किएका ट्रम्पले गुप्तचर निकायका एजेन्टले आरोपित बन्धुकधारीलाई गोली प्रहार गरेको जानकारी आफूलाई रहेको बताए ।

घटनापछि कसैलाई अस्पताल लगिएको उनले बताए । घटना असामान्य भए पनि गुप्तचर निकायको व्यवसायिकताको भने प्रशंसा गर्नु पर्ने ट्रम्पले बताएका छन् ।

ट्रम्पले भनेका छन्, ‘ह्वाइट हाउस बाहिर गोली चलेको हो । अहिले अवस्था नियन्त्रणमा छ । एकजनालाई अस्पताल लगिएको छ । तर ती व्यक्तिको अवस्था मलाई थाहा छैन ।’

गुप्तचर निकायले पनि गोलीकाण्ड भएको र थप विवरण आउन बाँकी रहेको उल्लेख गरेको छ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु