बुधबार, कार्तिक ०५, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

चुच्चेपाटीमा आमा–छोरीमाथी ‘थिनर’ प्रहार

चुच्चेपाटीमा आमा–छोरीमाथी ‘थिनर’ प्रहार

काठमाडौं – काठमाडौंको बौद्ध चुच्चेपाटीमा एक व्यक्तिले श्रीमती र छोरीलाई ‘थिनर’ प्रहार गरेका छन् ।

घरायसी विवादमा गएराति थिनर प्रहार गर्ने विष्ट थरका व्यक्तिलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । उनी हेटौंडाका हुन् ।

चुच्चेपाटीमा एसिड आक्रमण भएको हल्ला चले पनि एसिड नभई थिनर आक्रमण भएको पाइएको काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए ।

छोरीको आँखामा थिनर परेकाले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । आमाको अवस्था भने सामान्य छ ।

थिनर एक प्रकारको केमिकल हो । यसको उपयोग काठमा वा घरमा लगाउने रंगलाई पातलो बनाउन वा कुनै दागलाई हटाउन प्रयोग गरिन्छ । नङपालिस हटाउन र धातु वा प्लास्टिकका सामान चम्काउन पनि थिनरको प्रयोग हुन्छ ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु