काठमाडौं बौद्धमा झण्डै ७ करोडको लागतमा पार्क बन्ने भएको छ ।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा वागमती नगर जग्गा एकिकण आयोजना खुल्ला आधुनिक पार्क निमार्ण उपसमितिले काठमाडौं निर्वाचन क्षेत्र ३ बौद्धमा आधुनिक वागमती नगर पार्क निमार्ण सुरु गरेको छ ।
काठमाडौं क्षेत्र नं -३ का प्रतिनिधि सभा सदस्य,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य एवंम नेकपा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईले आज९मंगलबार० एक कार्यक्रमकाबीच पार्कको सिलान्यास गरे ।
पार्क निमार्णको लागी ८ करोड ९२ लाख ७ हजार ३६९ रुपैयाँको इस्टिमेट भएपनि कार्यादेश रकम भने ६ करोड १६ लाख ३ हजार ७९० रहेको छ ।
सिलान्यास कार्यक्रममा बोल्दै सांसद कृष्ण राईले खाली चौरलाई व्यवस्थापन र संरक्षण गर्न वागमती आधुनिक पार्क बन्न लागेको बताए । उनले विश्वसम्पदामा सुचिकृत बौद्धनाथ स्तुपा र पशुपतिलाई जोड्ने सर्किट समेत बन्नेमा आफु आशा एवंम विस्वत रहेको बताए ।
सांसद राईले विकास निमार्णका कार्यहरु जीवन्त रहिरहने हुँदा समय अनूरुप विकास गर्दै जानुपर्ने बताए । उनले पार्क बालबालिका,वृृद्ध,असाहय सबैको अनुकुल तथा सबै जात,भाषा,धर्म र संस्कृतीले आत्मसात गर्न सक्ने विशेषता भएको उल्लेख गर्दै विपत्तको बेलामा सबैलाई आश्रयस्थल बन्न सक्ने गरि डिजाइन गरिएको जानकारी दिए ।
नेकपा काठमाडौं जिल्ला अध्यक्ष समेत रहेका राईले लगानीको आधारमा महानगरपालिका भित्रकै ठुलो पार्क बन्न लागेकोले काम सम्पन्न नहुन्जेल कुनै बाधा अड्चन आउन नदिन स्थानियलाई आग्रह गरे । उनले स्थानिय जनता,जनप्रतिनिधि सबैको सहमति र सहकार्यमा निमार्ण हुन लागेको भन्दै सबैले आ–आफ्नो ठाँउबाट सहयोग गर्नुपर्ने धारणा राखे । पार्क कला साहित्य र संस्कृतीसँग जोडेर डिजाइन गरिएको तथा २ सय भन्दा बढी मान्छे अट्ने स्टिडिएम समेत निमार्ण हुने राईको भनाई थियो ।
त्यस्तै बौद्धनाथ क्षेत्रविकास समितिका अध्यक्ष एवंम वागमती नगर जग्गा एकिकण आयोजना खुल्ला आधुनिक पार्क निमार्ण उपसमितिका संयोजक समेत रहेका चन्द्रमान लामाले सबै वडावासी मिलेर पार्क निमार्ण सम्पन्न गर्नपर्ने बताए । उनले पार्क निमार्ण पश्चात यसको संरक्षण एव्म संम्वर्धन गर्न क्षेत्र विकास प्रतिवद्ध रहेको जानकारी गराए ।
अध्यक्ष लामाले पार्कको अनुगमन निर्माण कमिटिले गर्ने बताए । उनका अनुसार पार्क निमार्णको लागी सांसद राईको विशेष पहलकदमी र कामनपा प्रमुख विद्यासुन्दर शाक्यको सहयोगमा निमार्ण हुन लागेको छ ।
पार्कको निमार्ण सर्वशत्तिमान पशुपति जेभीले गर्नेछ भने आयोजना सम्पन्न अवधि फागुन १५ सम्म रहेको छ । पार्कमा कार्यक्रमस्थल,शौचालय पोखरी र पार्क बनाईने छ ।
बौद्धनाथ क्षेत्रविकास समितिका अध्यक्ष एवंम वागमती नगर जग्गा एकिकण आयोजना खुल्ला आधुनिक पार्क निमार्ण उपसमितिका संयोजक चन्द्रमान लामाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि काठमाडौं क्षेत्र नम्बर ३ सांसद कृष्ण राई रहेका थिए ।त्यस्तै कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समिति कार्यकारी निर्देशक बसन्त लामा,कांग्रेस महाधिवेशन प्रतिनिधि कृष्णकुमारी खतिवडा, समाजसेवी नेपालजीत लामा,जयमंगल लामा,देव लामा,बौद्धनाथ क्षेत्र विकास समिति सदस्य कुमार लामा, मजिन सिंह , तामाङ कल्याण गुठी अध्यक्ष खड्गजित लामा लगाएतको उपस्थिति रहेको थियो ।