आइतबार, असोज ११, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

समाजवादी ट्रेड युनियन महासंघद्धारा दुई नयाँ पेशागत घटक संघको घोषणा

समाजवादी ट्रेड युनियन महासंघद्धारा दुई नयाँ पेशागत घटक संघको घोषणा

काठमाडौं  -जनता समाजवादी पार्टीको जनवर्गीय संगठन समाजवादी ट्रेड युनियन महासंघद्धारा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुका २ नयाँ घटक संघको घोषणा गरेको छ ।

ट्रेड युनियनले काठमाडौंमा आज एक कार्यक्रमकाबीच समाजवादी गलैचा श्रमिक संगठन र समाजवादी घातु तथा हस्तकला स्वरोजगार मजदुर संघको नयाँ घटक संघ खडा गरेको हो । गलैचा श्रमिक संगठनमा सुरेश मोक्तानको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति र घातु तथा हस्तकला स्वरोजगार मजदुर संघमा गोविन्द सुनारको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको ट्रेड युनियन महासंघ उपाध्यक्ष अर्जुन लम्सालले जानकारी दिए ।

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता
ट्रेड युनियन महासंघ अध्यक्ष लालध्वज नेम्वाङले गरेका थिए । त्यस्तै अतिथिमा जसपाका केन्द्रिय सदस्य तारा बहादुर विश्वकर्मा लगाएतका अतिथिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य ट्रेड युनियन उपाध्यक्ष सारदा भट्टराईले गरिन भने संचालन डिवी सरोज राईले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले अबको वैकल्पीक शक्ती जनता समाजवादी पार्टीनै भएको दावी गरे । उनीहरुले समाजवादीलाई अझ शशक्त र नयाँ शिराबाट अगाडी बढाउँदै लैजाने भन्दै ट्रेड युनियन महासंघ संगठन निमार्ण तथा विस्तारमा शशक्त भएर लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा ट्रेड युनियन महासंघ उपाध्यक्ष अर्जुन लम्सालले महासंघमा आवद्ध दुई नयाँ घटक संघ कार्यसमितिको घोषणा गर्दै महासंघमा अब १७ पेशागत संगठनको आवद्धता रहेको बताए । यस अघि महासंघमा १५ संगठनको आवद्धता रहेको थियो । उपाध्यक्ष लम्सालले यस्ता अनौपचारिक क्षेत्रमा कार्यरत अन्य श्रमिक वर्गहरुलाई समेत समेटेर ट्रेड युनियन महासंघ अगाडी बढ्ने बताए ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु