आइतबार, असोज ११, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

फ्रेण्डस युथ एण्ड स्पोर्टस क्लबद्धारा कोरोना राहत कोषमा रकम जम्मा

फ्रेण्डस युथ एण्ड स्पोर्टस क्लबद्धारा कोरोना राहत कोषमा रकम जम्मा

अर्घाखाँची – फ्रेण्डस युथ एण्ड स्पोर्टस क्लबद्धारा मालारानी गाउँपालिको कोभिड—१९ राहत कोषमा ५ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ ।

मालारानी वडा ५ मा रहेको क्लबले गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य,उपाध्यक्ष प्रमिला क्षेत्री र प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीलाई संयुक्त रुपमा राहत रकम हस्तान्तरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले क्लब पालिकाको पुरानो र क्रियासिल क्लब रहेको बताउँदै क्लबले गरेका रचनात्मक कामले गाउँपालिकाको समेत गरिमा बढेको बताए । उनले आफ्नो स्थानिय स्तरमा रचनात्मक काम गर्ने सस्थाहरुसँग गाउँपालिकाले सधै सहकार्य तथा सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीले युवाहरु सामाजिक र रचनात्मक काममा क्रियाशिल हुनुपर्ने बताए । उनले समाजमा युवाहरु सक्रिय हुँदा गाउँको विकास हुने भन्दै यस्ताखालका रचनात्मक तथा सृजनात्मक काम गर्ने क्लबहरुलाई सधै साथ लिएर गाउँपालिका अगाडी बढ्ने उल्लेख गरे ।

राहत रकम हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष गिर बहादुर कुँबरले स्थापना कालदेखीनै क्लब सामाजिक कार्यमा अग्रसर हुँदै आएको बताए। उनले भने ‘स्थापना कालदेखीनै क्लबले समाजमा विभिन्न खालका रचनात्मक कामहरु गर्दै आएको छ । विशेष गरी युवा पुस्तालाई लक्षित गर्दै खेलकुदका कार्यलाई अझ बढी जोड दिएका छौं।’
अध्यक्ष कुँबरले विश्वसँगै नेपाल पनि कोरोनाको महामारीले आक्रान्त भइरहेको अवस्थामा मालारानी समेत कोरोनाबाट अछुतो नरहेको भन्दै गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापन देखी कोरोना संक्रमितको उपचार तथा व्यवस्थापन गर्नुपर्ने यावत समस्या रहेकोले क्लब पनि पालिकासँगै आफ्नो तर्फबाट सक्ने सहयोग र सहकार्य गर्न तयार रहेको जानकारी दिन समेत सानो रकम भएपनि सहयोग लिएर गाउँपालिका पुगेको जानकारी दिए । उनले भने ‘भलै रकम सानो भएता पनि क्लब पालिकासँगै सहयोग र सहकार्य गर्न तयार रहेको भाव लिएर सो रकम सहयोग गरेका हौं ।’ उनले आगामी दिनमा पनि क्लब यसरीनै गाउँपालिकासँग सहकार्य गर्दै अगाडी बढ्ने बताए।

क्लबले बिशेषगरी खेलकुदलाई प्राथमिकता दिदै आएको र आगामी दिनमा पनी यसलाई निरन्तरता दिदैं जाने क्लबका सस्थापक अध्यक्ष विष्णु कुँवरले बताए । ‘हामीले विशेष गरी खेलकुदका कार्यक्रमलाई जोड दिदैं आएका छौं’ उनले भने ‘पछिल्लो समय युवा पुस्ताहरुको माग र खेलकुद क्षेत्र रोजाइको विषय बन्दै गएको छ । अझ गाउँघरमा कतिपय प्रतिभा लुकेका हुन्छन् । प्रतिभा हुँदाहुँदै पनि प्लेट फर्म नपाएर यसै हराइरहेका हुन्छन् । त्यस्ता लुकेका प्रतिभा र खेलप्रेमी भाई बहिनाहरुलाई अगाडी बढाउनको लागी समेत खेलक्षेत्रमा क्लबको लगानी(कार्य) रहेको छ ।’

अध्यक्ष कुँबरले क्लबको लक्ष्य मालारानी-५ बाटै केही खेलाडी जिल्ला,क्षेत्र र राष्ट्रिय स्तर सम्मका खेलाडी बनुन भन्ने रहेको बताए । उनले भने ‘मालारानीबाट पनि जिल्ला,क्षेत्र हुँदै केन्द्रसम्म हाम्रा भाईबहिना पुगुन भन्ने हो, क्लब त केबल माध्यम हो । दक्षता क्षमता र मेहनत त उहाँहरुकै हातमा छ । हामीले त सुरुवाती चरण र प्रतिभाको उजागर गर्ने हो।’ क्लबले खेललगाएत समाजिक तथा अन्य रचनात्मक कामहरु समेत गदैं जाने अध्यक्ष विष्णु कुँवरको भनाई थियो ।

रकम हस्तान्त्रण कार्यक्रममा क्लबका अध्यक्ष गिर बहादुर कुँवर, कोषाध्यक्ष बिक्रम कुँवर, पुर्व अध्यक्ष दुर्योधन कुँवर, सस्थापक अध्यक्ष विष्णु कुँवर र संरक्षक तिलक टन्डनको उपस्थीती रहेको थियो ।

स्थानिय स्तरमा हुने बेथिती,विसंगती र विकास निमार्णमा हुने ढिलासुस्ती,अनियमितता,भष्टाचार जस्ता कार्यमा यस्ता क्लब, विभिन्न सामाजिक संघ संस्थाले स्थानिय सरकारलाई खबरदारी तथा विकासका कार्यमा सहयोग गर्दै सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थकता दिनु आजको आवश्यकता पनि हो ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु