बिहिबार, साउन २२, २०७७
GokarnaNews

काठमाडौं उपत्यकामा थप ३० जनामा भेटियो कोरोना

काठमाडौं उपत्यकामा थप ३० जनामा भेटियो कोरोना

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित देखिएका छन्।

हालसम्म उपत्यकाका काठमाडौंमा १३० जना, ललितपुरमा १९ र भक्तपुरमा २९ जना संक्रमित देखिएका छन्।

उपत्यकामा कहाँ कोरोना संक्रमित थपिएका हुन् भन्ने विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन।

पछिल्लो २४ घण्टामा देशभर २९३ जना संक्रमित थपिएका छन्। यो संगै कूल संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार ५४७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु