बुधबार, कार्तिक ०५, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

कामनपा-६ मा झण्डै करोडको विकास योजना सम्झौतामा उपभोक्ता समितिनै अन्यत्र ठाँउको,बजेटमा चलखेलको आशंका

वडासदस्य भन्छन्- हामीले चिनेको पल्लो गाउँको उपभोक्तासमिति हो,काम गर्दा गल्ती भयो,पोजेटिभ लिदिनुस्'

कामनपा-६ मा झण्डै करोडको विकास योजना सम्झौतामा उपभोक्ता समितिनै अन्यत्र ठाँउको,बजेटमा चलखेलको आशंका

काठमाडौं  – देशको राजधानी अर्थात काठमाडौं । कतिपयलाई लाग्छ होला राजधानी रहेको ठाँउमा विकास निमार्णका कार्य छिटो छरितो र पारदर्शी हुन्छन भन्ने लाग्छ तर त्यो तपाई हामीले सोचे भन्दा फरक हुनसक्छ । केन्द्र सरकार भएकै ठाँउमा पनि के अनियमितता ढिला सुस्ती मौलाउन सक्ला र ? प्रधानमन्त्री, मन्त्री नेता सबै ओहरदोहर गरिराख्ने ठाँउमा त विकास निमार्णका कार्य छिटो हुन्छन भन्ने सोच्दै हुनुहुन्छ भने तपाई गलत हुनुहुन्छ । देशका दुर दराजमा जसरी विकास निमार्णमा ढिलासुस्ती हुन्छ काठमाडौंको अवस्था पनि त्यस्तै छ भन्दा फरक नपर्ला । देशकै ठुलो र केन्द्रमा रहेको काठमाडौं महानगरपालिकामा त असारे विकासको चटारो छ भने अन्य ठाँउको कस्तो होला सहजै अनुमान गर्न सक्छौं ।

काठमाडौँ महानगरपालिक वडा–६ अन्र्तगत बौद्ध सिमलटार क्षेत्रमा यतीबेला असारे विकास योजनाका कार्य धमाधम भईरहेका छन् । संघ, प्रदेश र महानगरपालिका स्तरिय विकास योजना पूर्वाधारबाट झण्डै एक करोड बराबरको बजेटमा सिमलटार ओरोलोदेखि बुढानिलकण्ठ नगरपालिका छुने क्षेत्रमा रिटेनिङ वाल (पर्खाल) को काम तिब्र रुपमा अगाडी बढिरहेको छ । उक्त सम्झौता अन्र्तगत पर्खाल निर्माण कार्य असार मसान्तसम्म सकाउने योजना रहेको वडा सदस्य भगवान थापाले जानकारी दिए ।उनका अनुसार वाचस्पती प्रतिन्देश्वर महादेव सेवा समाजलाई ४९ लाख ८१ हजार ८ सय ९१ र अक्षय टोल सुधार समितिलाई ४९ लाख ७५ हजार १ सय ८९ रुपैयाँ बराबरको वजेट सम्झौता भएको छ ।जसमध्ये एकले माथी बाट र अर्कोले तलबाट वाल (पर्खाल) निमार्ण गर्नेछन् ।

वडा-६ ले उपभोक्ता समितिको नाममा गैर कानुनीरुपले विकास निर्माण कार्य गर्दै आएको स्थानियले आरोप लगाएका छन् । उनीहरुका अनुसार एक दुइ वटा उपभोक्ता समिति गठन गर्ने र त्यहि उपभोक्ता समितिलाई वडा भित्रका सबै विकास निर्माणका कामहरु जिम्मा लगाउदै आएको छ।

उपभोक्ता समिति त जुन ठाँउमा विकास निर्माण गर्ने हो सोहि स्थानका स्थानीयहरुको समूह जो प्रत्यक्ष रुपमा विकासबाट लाभांवित हुन्छन। तर यहाँको सवालमा वाचस्पती र अक्षय दुवै उपभोक्ता समिति सिमल्टारमा गठन भएको भने होइनन् । यी त सिमलटार भन्दा पल्लो गाउँ वडाध्यक्षले चिनेको,सदस्यले चिनेको उपभोक्ता समिति हुन । वडाले जुन ठाउँमा विकास निमार्ण हुँदैछ त्यहाँका उपभोक्ता समिति नभएर अन्य पल्लो डाँडाको उपभोक्ता समितिलाई सो (पर्खाल) निमार्णको लागी सम्झौता गरिएको छ । तेती मात्र होइन वडा कार्यालय देखि महानगरपलिकाको संघ प्रदेश र स्थानीय तह पूर्वाधार बिकाश शाखा हुँदै लेखा शाखाले समेत योजना सम्झौता गरिसकेको पाइएको छ । विकास निमार्ण सम्झौता गर्दा सम्बन्धीत ठाँउको उपभोक्ता समिति नभई अन्यन्त्र गाउँको समितिसँग सम्झौता गर्न स्थानिय जनप्रतिनिधि देखि महानगरपालिकाको कर्मचारीहरुकोसम्मको मिलेमतो नभई यस्तो कार्य हुने सम्भावना पक्कै हुँदैन । फ्रिज हुन लागेको वजेट भन्दै पद र पहुँचका भरमा संघ प्रदेश र स्थानीय तह पूर्वाधार बिकाश शाखाले मनोमानी वजेट छुट्याउने तर कहाँ कुन र कस्तो प्रयोजनको लागी कुन निकाय र समितिसँग सम्झौता भन्ने कुरा सम्म हेक्का नराखी वजेट बाड्दै जाने कार्यले अन्तीम समयमा बजेटमा चलखेल गर्न खोजिएको त होइन भन्ने प्रश्न जन्मीएको छ ।

यसैबारे वडासदस्य भगवान थापालाई उपभोक्ता समिति त अर्को गाउँको राख्नु भएछ नी भन्ने प्रश्नमा उनले आफुहरुले चिनेको, वडा, जिल्लामा दर्ता भएको समिति भएकोले पल्लो गाउँको उपभोक्ता समितिलाई निमार्णको जिम्मा दिएको बताए । उनले भने- ‘हाम्रै वडा ६ नम्बरकै हो, सिमलटार भन्दा पल्लो गाउँको, त्यही पारिको हो, हामीले चिनेकै,जानेकै समिति हो । उपभोक्ता समितिले पनि निमार्ण कार्यमा ५ प्रतिशत रकम लगानी गर्नुपर्ने व्यवस्था रहेको छ ।’

सिमलटारको विकाशको लागी पल्लो गाउँको उपभोक्ता समितीले किन ५ प्रतिशत रकम लगानी गर्ने? आवश्यकता पल्लो गाउँको लागी होकी सो ठाँउका वासीन्दालाई ? पल्लो गाउँको समितिले किन ५ प्रतिशत रकम राखेर सिमलटारमा वाल निमार्ण गर्दै छ ? भन्ने प्रश्नमा सदस्य थापाले भने ‘सोही ठाँउका जग्गावालाहरुसँग समिति रहेनछ्,उहाँहरुलाई सोधेर गरिएको हो, त्यसमध्ये दुई जना जग्गा धनी भने भेटिएका थिएनन् । स्थानियलाई राखेर गर्नुपर्ने थियो त्यो गल्ली भएछ,राम्रो काम हो समाजकै भलाईका लागी फ्रिज हुन लागेको वजेट पारेर काम थालिएको हो । काम गर्दा कहिले काँही गल्ती हुन्छ,यसलाई सकरात्मक रुपमा लिईदिनुस् ।’

सदस्य थापाको भनाईलाई आधार मान्ने हो भने उनीहरुले चिनेका आफ्ना मान्छेहरुलाई, जहाँ निमार्ण कार्य हुँदैछ सो ठाँउका स्थानिय र उपभोक्ता समितीलाई ठेक्का नदिई अन्यन्त्र पल्लो गाउँको समितिसँग निमार्ण सम्झौता गर्नुले कतै वजेट कुम्लयाउने प्रपन्चमा त जनप्रतिनिधि लागेका होइन भन्ने प्रश्न पनि उठेको छ ।

तेतीमात्र होइन सो वाल लगाउने कार्य व्यक्तिको जग्गा सम्याउने प्रयोजनमा समेत गरिएको स्थानीयको आरोप छ ।

यस्तै वडा अध्यक्ष दिपेन्द्र लामाले सिमलटारमा राजनीतिक रंगका आधारमा विकास कार्य गरिरहेको र करोडौँको बजेटबाट निर्माण कार्य भएपनि स्थानीयलाई जानकारी नभएको स्थानियको गुनासो छ । पक्षपातका आधारमा विकास कार्यमा बजेट वितरण गर्ने र व्यक्तिलाई खुसी पार्ने प्रयोजनले सामुदायिक हितभन्दा माथी रहेर विकास निर्माण कार्य भईरहेको सिमलटारबासीको आरोप छ ।

लाखौँ योजनाबाट निर्माण कार्य भईरहदा नागरिक वडापत्र समेत नराखी स्थानीयको आँखा छल्न खोजिएको भन्दै वडा अध्यक्षमाथी प्रश्न तेर्साएका छन् । निर्माण कार्य कहाँ कति बजेट र समयअविध कहिलेसम्म भन्ने जानकारी नराखी नागरिकको सूचनाको हकको मौलिक हकलाई समेत धज्जि उठाएकोले उक्त कार्यप्रति अपारदर्शीताको अशंका गरेका छन् ।

उनिहरु भन्छन् ‘हामी पनि नयाँबजार क्षेत्रमा बसोबास गर्ने नागरिक बराबर नै कर तिरेका छौँ तर सुविधाको हिसावले भने वडाबाट बञ्चित गराएको छ ।’ न ढल व्यवस्थापन ग¥यो न त बाटो नै यहाँका नागरिकलाई वडाले नै पछाडि पारिएको छ । एक स्थानीयको अनुसार वडा अध्यक्षले राजनीतिक पार्टीको आँखाबाट त्यस ठाउँलाई हेरेका छन् । एकमुष्ट रकम प्याकेज प्याकेजमा विभाजन गरी केही आफू निकटका व्यक्तिको विकास वरिपरि मात्र विकास कार्य अगाडी बढाईएको छ ।यसबारे वडाध्यक्ष लामासँग सम्पर्क गर्दा उनको फोन उठ्न सकेन ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु