शनिबार, चैत २८, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

शंखरापुर नगरपालिकाका ५ वर्षीय बालकमा भेटियो कोरोना संक्रमण

काठमाडौं  – शंखरापुर नगरपालिकामा एक जनामा कोरोना भाइरस(कोभिड -१९) को संक्रमण भेटिएको छ । शंखरापुर ८ स्थायी घर भै कागेश्वरी मनहरा १ गागल फेदी बस्दै आएका ५ बर्षीय बालकमा कोरोना पोजिटिभ भेटिएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरिक्षक गोबिन्द पन्थीले पुष्टि गरे । बालकको पाटन अस्पतालमा उपचार भइरहेको निरिक्षक पन्थीले जानकारी दिए ।

तिन दिन अगाडि ज्वरो आएर अस्पताल लगेपछि उनलाई अस्पतालबाट तिन दिन पछाडि फलोअपका लागी पठाइएको भएपनि बालकलाइ १०४ डिग्री भन्दा बढी ज्वरो आए पछि पुनः अस्पताल लगी पिसिआर परिक्षणका लागी स्वाव संकलन गरिएको थियो । हिजो रिपोर्ट कोरोना पोजिटिभ आएको छ संक्रमितका आफन्तले भने

ट्राभल हिस्ट्री केहि नभएपनी बालकमा कोरोना भाइरस कसरी संक्रमण भयो भनि अध्ययन गरि बालक सँग सम्पर्कमा रहेका परिवार र छरछिमेकको समेत कागेश्वरी मनहरा र शंखरापुर नगरपालिकाको समन्वनयमा पिसिआर परिक्षण गरिने शंखरापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापगाइले बताए ।