आइतबार, असोज ११, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

विभिन्न मुलुकबाट आज ११६३ नेपालीको उद्धार गरिदैं (सूचीसहित)

विभिन्न मुलुकबाट आज ११६३ नेपालीको उद्धार गरिदैं (सूचीसहित)

काठमाडौं – बुधबार विभिन्न मुलुकबाट १ हजार १६३ जना नेपालीको उद्धार गरिने भएको छ ।

विमानस्थल स्रोतका अनुसार बुधबार पनि विभिन्न मुलुकबाट नेपाली लिएर विदेशी र स्वदेशी विमानले उडान भर्नेछन् ।

आज हिमालयन एयरलाइन्सले साउदीको दमामबाट १५८ यात्रु लिएर फर्किनेछ । त्यसैगरी स‌ंयुक्त अरब इमिरेट्स यूएईबाट हिमालयन एयरलाइन्सले १५५ यात्रु ल्याउने छ ।

यसैगरी कुवेतबाट हिमालयलन एयरलाइन्सले १५४ जना यात्रु ल्याउने छ ।

नेपाल एअरलाइन्सको विमानले साउदीको जेद्दाबाट २६० समस्यामा परेका नेपाली लिएर आउँदै छ भने

आज कुबेतबाट १ सय ५० जना फर्किेन कार्यतालिका छ । कुवेतबाट जजिरा एयरको चार्टर्डमार्फत उनीहरुलाई नेपाल फर्काउन लागिएको विमानस्थल जनाएको छ ।

त्यसैगरी अमेरिकाबाट आज २८२ जना यात्रु लिएर टर्किस एयरलाइन्सको विमान नेपाल आउने भएको छ । विमानस्थलका अनुसार मलेसियाबाट मलेसिया एयरलाइन्सले ४ जना यात्रु लिएर आउने छ ।

सरकारले कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको प्राथमिकताका आधारमा उद्दार कार्यलाई निरन्तरता दिँदै आएको छ ।

यस्तो छ कार्यतालिका

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु