मङ्गलबार, बैशाख २८, २०७८
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सञ्चारकर्मी चिरञ्जीवी सापकोटाको ‘जात’ सार्वजनिक

काठमाडौं – कलाकार तथा सञ्चारकर्मी चिरञ्जीवी सापकोटाले ‘जात’ बोलको गीत सार्वजनिक गरेका छन् । रुकुम घटनापछि मुलुकमा जातीय विभेदको विषय उत्कर्षमा पुग्दै गर्दा उनले गीतमार्फत जातीयरुपमा गरिने विभेदको कुरा उजागर गरेका हुन् ।

गीतमा सापकोटासहित गायक प्रताप दास र प्रविन भट्टको आवाज छ । ललित पौडेलको शब्द रचना रहेको गीतमा ओम सुनारको संगीत रहेको छ । गीतको भिडियोमा पत्रकार रविन्द्र सुवेदी, अभि सुनार र गीता ढुंगानाको अभिनय छ । गीत आहा टिभीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनकै क्रममा उनले यसअघि ‘भाग कोरोना’ तथा भारतसँग सीमा विवादको विषय उठेका बेला ‘इतिहास’ बोलको गीत सार्वजनिक गरेका थिए।

सापकोटाले समाजमा अझै पनि जातको आधारमा भेदभाव गर्न हुँदैन भन्ने चेतना अभिवृद्धि नभइसकेका कारण आम मानिसमा विभेद गर्न नहुने विषयको जानकारी दिने उद्देश्यले गीत निर्माण गरिएको बताए ।