बिहिबार, माघ १५, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

बदाम खानुका फाइदै फाइदा

बदाम खानुका फाइदै फाइदा

एजेन्सी – बदाम प्रोटिनको श्रोत मानिन्छ। यसमा प्रशस्त मात्रामा प्रोटिन रहेको हुन्छ। जुनसुकै मौसममा बदाम खान सकिन्छ।शरीरको वृद्धि विकासका लागि प्रोटिन नभइ नहुने तत्व हो।

यदि दूध उपलब्ध छैन भने त्यसको सट्टामा पनि बदाम खान सकिन्छ। बदाम बढ्दो उमेरका केटाकेटी तथा वृद्धवृद्धाका लागि राम्रो मानिन्छ। नियमित बदाम खाँदाका यस्ता छन् फाइदा।

मोटोपना घटाउँछ : बदाम खाँदा पेट छिटो भरिने भएकाले तुरुन्तै अर्को खाने कुरा खान मन लाग्दैन।जसले गर्दा शरीरले अनावश्यक क्यालोरी लिन पाउँदैन। यसले गर्दा मोटोपन भएकाहरुको सजिलै तौल घट्न सक्छ।

रोगप्रतिरोधात्मक शक्ति बढाउँछ: नियमित बदाम खाँदा मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ। बदाम खाने व्यक्तिमा डिप्रेसनका समस्या एकदम न्यून हुन्छ।

क्यान्सरबाट बचाउँछ : बदाममा फाइटोस्टेरोल नाम गरेको तत्व हुन्छ। यसले सामान्यतया ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ।एक अध्ययनअनुसार हप्ताका दुई पटक बदाम खाने महिलामा ५८ प्रतिशत र पुरुषमा २७ प्रतिशत कोलोन क्यान्सरको खतरा कम हुन्छ।

मिनरल्सः बदाममा प्रशस्त मात्रामा मिनरल्स हुन्छ। यसले शरीरमा फ्याट,कार्बोहाइड्रेट,मेटाबोलिजम र क्याल्सियलाई सन्तुलन मिलाउने काम गर्छ। नियमित बदाम खाँदा मधुमेहको जोखिम कम हुन्छ।

फोलिक एसिड : बदाममा प्रशस्त मात्रामा फोलिक एसिड रहेको हुन्छ। यसले महिलामा प्रजनन् क्षमता बढाउँछ।यसका साथै गर्भमा रहेको शिशुको वृद्धिविकासमा पनि ठूलो भूमिका खेल्छ।विभिन्न अध्ययनले देखाएको छ कि गर्भवती हुनुअघि वा पछि नियमित बदाम खाएका आमाबाट जन्मिने शिशु स्वस्थ जन्मिन्छन्।यसका साथै जन्मिएका शिशुमा मुटुसम्बन्धी खतरा निकै कम हुन्छ।

छाला चम्किलो : बदामले औषधिको काम पनि गर्छ। यदि अनुहारको छालामा फुस्रो वा दाग छ भने बदामको प्रयोग गरी सुन्दर छाला बनाउन सकिन्छ।नियमित बदाम खाएमा छालामा हुने सुख्खा वा खस्रोपनाबाट बचाउँछ।

भिटामीन सी : बदाममा भिटामिन सी पाइन्छ। यसले घाँटी खसखस हुने वा सुख्खा हुनबाट बचाउँछ। साथै नियमित बदाम खाएमा रुघाखोकीको जोखिम कम रहन्छ।

स्वस्थ कपाल : नियमित बदाम खाँदा कपालको सुन्दरतामा वृद्धि हुन्छ। बदाममा कपाल लामो र सुन्दर बनाउने तत्व रहेको हुन्छ। यसको सेवन गर्दा कपाल झर्ने टुक्रने तथा फुस्रो हुने समस्या आउँदैन। त्यसैले बदामको नियमित सेवन गर्नु बुद्धिमानी मानिन्छ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु