आइतबार, असोज ११, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

समाजवादी ट्रेड युनियन महासंघले तोक्यो सातै प्रदेशमा प्रदेश संयोजक

समाजवादी ट्रेड युनियन महासंघले तोक्यो सातै प्रदेशमा प्रदेश संयोजक

काठमाडौं – समाजवादी ट्रेड युनियन महासंघले सातै प्रदेशमा प्रदेश संयोजकहरु तोकेको छ । ट्रेड युनियनको केन्द्रिय कार्यालयमा बिहिबार बसेको बैठकले युनियनका गतिविधिहरुलाई विस्तार गर्दै मजदुरहरुको पक्षमा आवाज बुलन्द गर्न प्रदेश संयोजक तोकेको हो ।

समाजवादी ट्रेड युनियन महासंघ अध्यक्ष नबराज दाहालका अनुसार प्रदेश १ मा महोमद नसरुल, प्रदेश २ मा शोभा देवि मण्डल ,प्रदेश ३ मा रामजी श्रेष्ठ , प्रदेश ४ मा ऋषिराम तिवारी , प्रदेश ५ मा मेनुका शाही,प्रदेश ६ मीन बहादुर कार्की र प्रदेश ७ मा तिलक जोशिलाइ लाई संयोजकको जिम्मेवारी दिएको हो ।

उक्त बैठक आफ्ना धारण राख्दै अध्यक्ष दाहालले मजदुर आन्दोलनका समग्र उपलब्धिहरु को समिक्षा गरेका थिए । उनले सम्पूर्ण संगठित र असंगठित मजदुर वर्गलाई समाजिक सुरक्षा कार्यक्रममा आवद्ध हुन आह्वान गरेका छन ।

अध्यक्ष दाहालले बिपदको समयमा सबै मिलि सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको विरुद्धमा लाग्न जोड दिए ।

यस्तै प्रबक्ता उत्तम अधिकारिले ट्रेड युनियनको भुमिका महत्त्वपूर्ण भएकोे बताए ।

बैठकले ११ सदस्यीय कार्य सम्पादन समितिको पनि निर्माण गरेको छ । कार्यक्रम ट्रेड युनियनका महासचिव केशव राज अधिकारीले संचालन गरेका थिए ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु