सोमबार, असार २९, २०७७
GokarnaNews

करको विरोधमा युवाहरुले अर्थमन्त्रीलाई आफ्नो कपडा खोलेर बुझाउन खोजेपछि..

करको विरोधमा युवाहरुले अर्थमन्त्रीलाई आफ्नो कपडा खोलेर बुझाउन खोजेपछि..

विरगंज – जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको विरुद्धमा विरगंजका युवा तथा व्यापारिहरुले आफ्नो लगाएको कपडा खोलेर विरोध गरेका छन् । सरकारले यस्तो अवस्थामा करदाताहरुलाई प्रोत्सान गर्नुको साटो उल्टै जनता मार्ने कार्य अगाडी बढाएको भन्दै सडकमा आएर आफ्नो कपडा खालेर विरोध जनाएका कुन ।

उनीहरुले अर्थमन्त्री युवराज खतिवडाले जनता मार्ने किसिमको कदम उठाएको भन्दै आफहरुसँग कपडा बाहेक केही नभएको भन्दै त्यही कपडा बेचेर कर उठाउन आग्रह गरे ।

अब नेपाली जनता कर तिर्ने स्थितीमा रहेनन। मृत शरीरबाट बास्ना आउन सक्दैन ।शरिरमा रगत को कमि भएको समय जबर्जस्ती रक्तदान गराउनु अमानवीय हो। हाम्रो वस्त्र बेचेर जे आउँछ अहिले को लागि त्यसैलाइ कर भनेर स्विकार्नु होला। दिनलाई केही छैन अब जनता संग, उनीहरुले भनेका छन् ।

उनीहरुले अर्थमन्त्री खतिवडाको राजीनामा समेत माग गरे ।

यस्तै कांग्रेस सभापति देउवाले पनि लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीहरुलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाएका थिए ।सभापति देउवाले सरकारले अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको नरहेको बताएका थिए ।

आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गदै सुचना निकालेपछि चौतफी विरोध भएको छ । चौतफी विरोध भएसँगै सरकारले कर तिर्ने म्याद नि थप गरेको छ । आजै एक सुचना जारी गरेर असार ७ सम्ममा कर तिर्न आग्रह गरेको हो ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु