सोमबार, असार २९, २०७७
GokarnaNews

क्वारेन्टाइनमा बसेर घर फर्कनेलाई सित्तैमा कण्डम !

क्वारेन्टाइनमा बसेर घर फर्कनेलाई सित्तैमा कण्डम !

एजेन्सी – कोरोना भाइरस महामारीका कारण धमाधम गाउँघर फर्किँदैछन् । भाइरस संक्रमणको जोखिमका कारण टाढा टाढाबाट फर्किएका मानिसहरुलाई क्वारेन्टाइनमा बसालेर मात्रै गाउँघरमा छिराउने गरिएको छ ।

क्वारेन्टाइनको बसाइ पूरा गरेर घर फर्किने मजदुरहरुका लागि भारतको बिहारमा प्रवासी मजदुरहरुको हातमा कण्डम उपहार थमाएर घर पठाइएको छ ।

बिहारको गोपालगंज जिल्लामा स्वास्थ्य विभागको पहलमा यस्तो अभियान सुरु गरिएको हो । सरकारी अधिकारीका अनुसार १४ दिनको क्वारेन्टाइन अवधि पूरा गरिसकेका प्रवासीहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम वितरण गरिनेछ ।

कोरोनाबाट उच्च प्रभावित कतिपय राज्यबाट फर्किएकाहरुलाई क्वारेन्टाइन सेन्टरमा राखिनेछ भने अन्य राज्यबाट आएकालाई १४ दिनको होम क्वारेन्टाइनमा राखिनेछ ।

होम क्वारेन्टाइनमा राखिएका मानिसहरुलाई १४ दिनको अवधि पश्चात् स्वास्थ्यकर्मीहरुले घरमै गएर परीक्षण गरी कण्डमको प्याकेट उपहार दिनेछन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु