सोमबार, असार २९, २०७७
GokarnaNews

नार्कले भन्यो- ‘सलहको झुण्डनै नेपाल आउने सम्भावना न्यून छ नआत्तिऔँ’

नार्कले भन्यो- ‘सलहको झुण्डनै नेपाल आउने सम्भावना न्यून छ नआत्तिऔँ’

काठमाडौं – नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) ले सलह किराको झुण्ड नै नेपाल प्रवेशको सम्भावना न्यून रहेकाले नआत्तिन आग्रह गरेका छन् ।

नार्कका किट वैज्ञानिक सुदिपकुमार उपाध्यायले वैज्ञानिक उपाध्यायले सलह किरा सुख्खा क्षेत्रमा बस्न रूचाउने भएकाले उसले चाहेजस्तो मौसमी अनुकुलता नेपालमा नरहेको बताएका छन् ।

राजस्थान जस्तो धेरै सुख्खा क्षेत्र नेपालमा नभएको तथा सलह नेपालमा आइहाले त्यसलाई किटनाशक औषधिको माध्यमबाट नियन्त्रणमा लिन सकिने नार्कका प्रवक्ता मनोज ठाकुरले जनाएका छन् ।

सलहको अनुसन्धान गर्न कृषि तथा पशुपन्छी मन्त्रालयद्वारा गठित टास्क फोर्सका सदस्यहरू पनि सलह भारतमा झैँ झुण्ड बनाएर आउने सम्भावना कम भएकोमा निष्कर्ष नजिक पुगेका छन् ।

भारतमा सबैभन्दा बढी सलहको प्रभाव देखिएको क्षेत्र राजस्थानबाट नेपाल आउन हावाको बेग दक्षिणदेखि उत्तरतर्फ हुनेपर्ने देखिएको छ ।

तर नेपालमा सामान्यतया पूर्वदेखि पश्चिम र पश्चिमदेखि पूर्वसम्म हावाको वहाव रहने भएकाले पनि सलह आउने सम्भावना कम भएको नार्कका वैज्ञानिकहरूको ठहर छ ।

यद्यपि सलह आउदैन भनेर ठोकुवा नै गर्ने अवस्था नरहेकाले तयारी भने गर्नुपर्ने प्रवक्ता ठाकुरले बताए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु