बिहिबार, जेठ १५, २०७७
GokarnaNews

विदेशमा समस्यामा परेका नेपालीलाई तुरुन्त स्वदेश फर्काउनुपर्छ : प्रवक्ता श्रेष्ठ

विदेशमा समस्यामा परेका नेपालीलाई तुरुन्त स्वदेश फर्काउनुपर्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौं – नेकपा प्रवक्ता एवम् राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले विदेशमा समस्यामा परेका नेपालीहरूलाई जसरी पनि स्वदेश फर्काउन सरकारसँग माग गरेका छन्।

विदेशमा बाँच्न, बस्न संकटमा रहेका नेपाली नागरिकलाई तत्काल देशभित्र ल्याउन अपरिहार्य रहेको उनले बताए।

विभिन्न देशमा रहेका कयौं नेपाली नागरिकले ज्यादै दुःख र पीडा भोगिरहेका छन्। खाने, बस्ने समस्यासहित चरम बिचल्लीको अवस्थामा छन्।तिनको सहारा र अभिभावक सरकार नै हो भनेर मैले संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पनि भनेको छु, श्रेष्ठले भने, चर्को समस्यामा रहेका नेपालीलाई हरहालतमा तत्काल देशभित्र ल्याउनुपर्छ। यो कार्य तुरुन्त गर्नुपर्छ।

अर्को चरणमा काम गुमाएर र नयाँ परिस्थितिमा विदेशमा बस्न नचाहेर देश फर्कने लाखौं लाख नेपालीलाई देशभित्रै रोजगारी दिने गरी आगामी वर्षको बजेटले ठोस योजना ल्याउनुपर्नेमा उनले जोड दिए।

प्रवक्ता श्रेष्ठले सरकारको जिम्मेवारी र दायित्व नेपालभित्र रहेकाहरूप्रति मात्र नभई संसारभर रहेका नेपाली नागरिकप्रति हुनुपर्ने बताए।

नेपाली भएकै कारण कोही विभेद, अन्याय र अपमानमा परेका छन् भने त्यस्ताप्रति पनि सरकारको चासो र सरोकार अपेक्षित हुने प्रवक्ता श्रेष्ठको भनाइ छ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु