बिहिबार, जेठ १५, २०७७
GokarnaNews

भारतिय प्राध्यापकले भने -‘मोदी सरकारले नेपाललाई कस्मिर नसम्झियोस्’

भारतिय प्राध्यापकले भने -‘मोदी सरकारले नेपाललाई कस्मिर नसम्झियोस्’

काठमाडौ – नेपालले आफ्नो लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भुभाग समेटेर नक्सा जारी गरेपछि भारतले अस्विकार गरेको छ । तर भारतले आफ्नो राजनीतिक नक्सा जारी गर्दा नेपाललाई जानकारी गराएको थिएन् । अहिले भारतले नेपालले एकपक्षिय रुपमा नक्सा जारी गरेको बताउँदै आएको छ । नेपालले पनि भारतलाई यो जवाफ फर्काउदै आएको थियो ।

यसैबीच भारतीय एक प्राध्यापक अशोक स्वाइनले भारतको नरेन्द्र मोदी सरकारलाई नेपाल काश्मिर नभएको बताएका छन् । अशोक शैक्षिक र अप्सला विश्वविद्यालयको शान्ति तथा द्वन्द्व अनुसन्धान विभागमा शान्ति र द्वन्द्व अनुसन्धानका प्राध्यापक हुन् । सन् २०१७ मा, उनी अन्तर्राष्ट्रिय जल सहयोग युनेस्कोको अध्यक्षको रूपमा नियुक्त भए र युप्स्को विश्वविद्यालयको पहिलो युनेस्को अध्यक्ष बनेका थिए ।

उनले ट्वीट गर्दै लेखेका छन, ‘भारतले नेपालको नयाँ नक्सा स्वीकार गर्न अस्वीकार गर्यो । कसैले पनि भारतले यो स्वीकार गर्ने आशा गरेका थिएनन् । यद्यपि यो ‘नक्शा यु–द्ध’ कस्ले सुरू गयो ? किन भारतले एकतर्फी रुपमा नोभेम्बर २०१९ मा एक नयाँ राजनीतिक नक्शा ल्यायो ? त्यो शक्तिले अन्धो मोदीले काश्मिरको नक्शालाई फेरि बनाउने थियो । तर, नेपाल कश्मीर होइन ।’ उनी लामो समयदेखि मोदी सरकारको आलोचना गर्दै आएका छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु