बिहिबार, जेठ १५, २०७७
GokarnaNews

थप ३६ जनामा कोरोना संक्रमण, सं‌क्रमितको संख्या ५८४

थप ३६ जनामा कोरोना संक्रमण, सं‌क्रमितको संख्या ५८४

काठमाडौं – नेपालमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप ३६ संक्रमित थपिएको पुष्टि गरे ।

बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको  प्रवक्ता  देवकोटाले जानकारी दिए ।

बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु