बिहिबार, जेठ १५, २०७७
GokarnaNews

कामुक प्रियंका (तस्बिरमा हेर्नुहोस्)

कामुक प्रियंका (तस्बिरमा हेर्नुहोस्)

एजेन्सी –अभिनेत्री प्रियंका चोपडाको पछिल्लो फोटो इन्टरनेटमा भाइरल भएको छ । ग्रामी अवार्ड सन् २०२० मा प्रियंकाको ड्रेसलाई लिएर सामाजिक सञ्जालमा उनको ट्रोल बनेको छ ।

लस एन्जलसमा उक्त समारोह भएको थियो । जसमा प्रियंका पति निक जोनसनसँग सेतो रंगको गाउनमा देखिएकी थिइन् ।

प्रियंकाको उक्त तस्बिर सामाजिक सञ्जालमा आएपछि ट्रोल हुन थाल्यो । ट्रोल हुन थालेपछि प्रियंका तथा उनकी आमा मधु चोपडाले पनि प्रतिक्रिया दिएकी छन् ।

सो सम्बन्धमा प्रतिक्रिया दिँदै मधु चोपडाले प्रियंकाको सपोर्ट गरेकी छन् । साथै उनले प्रियंका सुन्दर शरीरकी धनी भएको पनि उल्लेख गरेकी छन् ।

प्रियंकाकी आमाले भनेकी छन्, ट्रोल गर्नेहरु अन्जान व्यक्ति हुन् उनीहरु आफ्ना कम्प्युटर तथा बाँकी तमाम चीजहरुको पछि लुकेका छन् । साथै उनले प्रियंकालाई थप मजबुत बनाएको पनि बताएकी छन् ।

मधुले उक्त ड्रेस लगाउनुअघि आफूलाई देखाएको पनि खुलासा गरेकी छन् । उनले भनेकी छन्, प्रियंकाले यो ड्रेल लगाउनुअघि मलाई सेम्पल देखाएकी थिइन् । यो लगाउन केही रिस्की भए पनि यो केही सानदार ड्रेसमध्ये एक भएको आफ्नो प्रतिक्रिया रहेको मधुले जनाएकी छन् ।

साथै मधुले प्रियंका आफ्नो इच्छमा रमाउने गरेको उल्लेख गर्दै उनले कसैलाई हानी नपुर्याएको बताएकी छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु