बिहिबार, जेठ १५, २०७७
GokarnaNews

नयाँ नक्सा जारी भएपछि संसदमा दर्ता भयो संविधान संशोधन विधेयक

नयाँ नक्सा जारी भएपछि संसदमा दर्ता भयो संविधान संशोधन विधेयक

काठमाडौं – सरकारले संविधान संशोधनका लागि विधेयक संसदमा दर्ता गरेको छ।

शुक्रबार दिउँसो कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक दर्ता गरेको प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जनकारी दिए।

शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अनुसूची ३ रहेको निशान छापमा लिम्पियाधुरा समेत समेटेर संशोधन गर्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम कानुनमन्त्री तुम्बाहाङ्फेले संशोधन प्रस्ताव दर्ता गरेकी हुन्।

नेपालको संविधानको धारा (९) को उपधारा (२)मा नेपालको निशान छाप अनुसूची ३ मा उल्लेख भएबमोजिम हुने व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमा अनुसारको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसूची ३ को निशान छाप अंकित नेपालको नक्सालाई नेपालको वास्तिवक सीमा अनुरुप मिलाउन आवश्यक भएकाले नेपालको संविधानको अनुसूची ३ मा संशोधन गर्ने प्रयोजनका लागि यो संशोधन प्रस्ताव पेश गरिएको ‌संशोधन विधेयककको उद्देश्य र कारणमा उल्लेख गरिएको छ।

यो स‌ंविधान संशोधनको दोस्रो प्रस्ताव हो। यसअघि जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्नका लागि स‌ंविधान संशोधन गरिएको थियो।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु