बिहिबार, जेठ १५, २०७७
GokarnaNews

९० बढी यात्रु बोकेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटना

९० बढी यात्रु बोकेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटना

लाहोर – लाहोरबाट कराँची फर्किरहेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान अवतरण गर्न लाग्दा दुर्घटना भएको पाकिस्तानी सन्चार माध्यमहरुले जनाएका छन्।

विमानमा ९० भन्दा बढी मानिस सवार रहेको जनाइएको छ। जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै विमान दुर्घटना भएको जनाइएको छ। मानवीय क्षतीबारे केही खुलाइएको छैन।

सो विमान दुर्घटनामा परेपछि धुँवाको मुस्लो देखिएको भिडिओ पाकिस्तानी टिभीले प्रसारण गरेका छन्।

दुर्घटनास्थल मानवबस्तीनजिकै भएको बताइएको छ।

पाकिस्तानी नागरिक उड्डयन निकायले दुर्घटनाको पुष्टि गरेपनि जनधनको क्षतिको बारेमा बताएको छैन।

अवतरण गर्न लाग्दा धावनमार्गभन्दा बाहिर रहेको मैदानमा दुर्घटना भएको बताइएको छ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु