बिहिबार, जेठ १५, २०७७
GokarnaNews

भारतबाट चार दिनमा ४ हजार भित्रिए, कोरोना परीक्षण नहुँदा जोखिम बढ्यो

भारतबाट चार दिनमा ४ हजार भित्रिए, कोरोना परीक्षण नहुँदा जोखिम बढ्यो

कैलाली- कैलालीको गौरिफन्टा नाकाबाट भित्रिएका सबैको कोरोना परीक्षण नहुँदा सुदूरपश्चिम प्रदेशमा जोखिम बढेको छ ।

गौरीफन्टा नाकाबाट जेठ २ र ३ गते ९५० जना र जेठ ७ र ८ गते जना भारतीय सीमा क्षेत्रबाट स्वदेश फर्किएका छन् । त्यसपछि जेठ ७ र ८ गते ३ हजार ३ सय भन्दा बढी स्वदेश फर्किएका छन् ।

जेठ ७ र ८ गते भित्रिएकामध्ये ९५० जनाको मात्र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको छ भने अरु मानिस विना परीक्षण आफ्नो आफ्नो स्थानीय तहमा पुगेका छन् ।

भारतबाट जेठ महिनाको ४ दिनमा ४ हजार तीन सय भन्दा बढी नागरिक भित्रिएका छन् । तीमध्ये ३ हजार बढीको स्वास्थ्य परीक्षण हुन सकेको छैन ।

‘हामीसँग पर्याप्त किट नहुँदा परीक्षण गर्न समस्या आएको हो’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, ‘बाँकी रहेकाहरुलाई सम्बन्धित स्थानीय तहले नै परीक्षण गर्ने भन्दै पठाइरहेका छौं ।’

हजारौंको संख्यामा परीक्षण बिना नै गन्तब्यमा पठाउँदा जोखिम बढेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख गुणराज अवस्थी बताउँछन् ।

‘स्वास्थ्य परीक्षण बिना स्थानीय तहमा पठाउँदा ठूलो जोखिम बढेको छ’ उनी भन्छन्, ‘जनशक्ति र सामग्री अभावले हामीलाई समस्या भएको छ ।’

उनले सीमा क्षेत्रबाट भित्रिएका सबैको स्वास्थ्य परीक्षण गर्न पहल भइरहेको समेत जानकारी दिए । धनगढीमै दुईवटा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको भए पनि प्रयोगशालामा आवश्यक मात्रामा किट नहुँदा ठूलो संख्यामा विदेशबाट फर्किनेको परीक्षण हुन सकेको छैन ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु