बिहिबार, जेठ १५, २०७७
GokarnaNews

निष्ठा हार्ने,इमानमा भ्वाङ पार्ने राजनीति बन्द गरौं

निष्ठा हार्ने,इमानमा भ्वाङ पार्ने राजनीति बन्द गरौं

पछिल्लो समय नेपाली समाजमा राजनीति गर्ने व्यक्तिप्रती नकारात्मक टिप्पणी अधिक हुँदै गएको छ । सच्चा राजनीति गर्छु भन्नेहरु भने निराश हुनुपर्ने स्थीति पैदा हुँदै गएका छन् । म आफै पनि धेरै लामो समय राजनीतिक कर्ममा लागे । अहिले पनि त्यही कर्म जारी छ । समाजमा हुने विभेद असमानता कुरितीको भण्डाफोर गर्दै नयाँ परिवर्तीत समाज निमार्ण देखी देशलाई विकाशको उच्चतम विन्दुमा पुर्याउन राजनीतिकै ठुलो भुमिकालाई नर्कान सकिदैन् । मलाई राजनीतिमा होमिन प्रेरण गर्ने मेरो बुबाले हिजो समाजकै लागी,जनताकै लागी राजनीतिमा होमिदा जेल बस्नु परेको देखी मामालाई गोलि ठोकेर मारेको, राजनीतिमा इमानदार मानिसले दुःख भोगेको इतिहास मलाई थाहा नभएको होेइन तथापी समाज,देश परिवर्तन गर्ने निति निमार्ण गर्ने अन्तत सबै नितिको मुल निति राजनीति नै हो ।

विभिन्न उतारचढाब राज्य व्यवस्था परिवर्तन गर्दै आज संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश नेपाल परिचित छ । राणाहरुका बिरुद्ध देखी राजा पञ्चायतसँग लड्दै, माओवादी युद्धलाई व्यवस्थापन गर्दै संविधान निमार्णको कार्यभारमा कांग्रेसले अग्रणी भुमिका खेल्यो । तर आज कांग्रेस केही कमजोर हुँदै गर्दा सिङ्गो राष्ट्रियतानै कमजोर देखियो । चुनाबी परिणामबाट कांग्रेसीहरु मर्माहित छन। त्यसको समिक्षा कांग्रेसले गरेरै अगाडी बढ्छ, बढ्नुपर्छ त्यसको विकल्प छैन । तर कांग्रेस भित्रै पनि विभिन्न चाकडीबाद हावी भए ,निष्ठाको राजनीति गर्नेहरु विस्तारै पछाडी धकेलिदै लगियो । इमान्दार पूर्वक समाजवादको नारामा होमिने नेता कार्यकर्ताले पार्टीमा ठाँउ नपाउने अहिलेको पछिल्लो अवस्था यस्तै छ । मेरो परिवारको पृष्ठभुमि राजनीति भएकै कारण पनि लामो समय सबथोक पार्टी हो भनेरै लागिएको थियो तर इमानदारीता सानोले गरेको देखिदैन । देश र समाज परिवर्तनका लागी लोकतान्त्रिक आन्दोलनमा लागे । राजनीतिमै सम्पूर्ण जिवन खर्चीए । परिवारमा बसेर सुःख,रमाइलो गर्ने कहिल्यै समय मिलेन । माओवादी द्धन्द्धका कारण हाम्रो परिवारले पनि ठुलै पिडा भोग्नु पर्यो । यी पिडा राजनीतिकै दौरानकै क्रममा भए । राजनीतिक आस्थाका कारण परिवार विस्थापित हुन पुग्यो । यस्ता यावत घटना झेल्दै आजको यो परिस्थीतिमा आएका छौं । अहिले तेतातिर नजाऔं ।

मेरो बुबा मामाहरु पनि राजनीतिक क्रियाकलापमै आफ्नो दिन व्यतित गर्नुभएको थियो । उहाँहरुले गरेको राजनीति बिचार र निष्ठाका कारण नत उहाँहरुले कहिल्यै शिर झुकाउनु पर्यो नत मैले नै । आजको दिनसम्म म कुनै राजनीति दाउपेचमा लागेर आफ्नो भुमिका र बिचारबाट चुकेकी छैन् । अग्रजहरुको त्यो बिचार र निष्ठाको राजनीतिले मलाई अझ शशक्त भएर अगाडी बढ्न प्रेरित गर्यो । शायद त्यसैले होला मैले शिर झुकाउनु पर्ने अवस्था बनेको छैन । नबनोस पनि । म सरकारका विभिन्न पद अर्थात सतामा पुगेको छैन । मेरो काम निरन्तर जनसेवा विकास निर्माणमानै समर्पीत छ । परिवार विस्थापित भो राजनीति आस्थाका कारण । विभिन्न पिडा भोगियो । तर त्यसलाई राजनीतिक घटनाक्रमका रुपमा आत्मसात गरेर अगाडी बढियो तर कहिल्यै शिर झुक्याउने काम गरिन बरु अहिले केही नेताहरु विभिन्न प्रलोभन सत्ता आदी इत्यादीमा विचार,प्रतिष्ठा बिर्सीएर सत्ताको दौडमा झुकेका छन । म राजनीतिलाई सम्मानित क्षेत्र बनाउने कुरामा बारम्बार लागेकी छु । तर यहाँ सत्य कुरा कसैलाई मन पर्दोरहेनछ । आजको परिप्रेक्ष्यमा राजनीतिलाई सम्मानित स्थान दिलाउन सत्ता पद लोलुप्तालाई परित्याग गरेर राष्ट्र र राष्ट्रीयताको सवालमा अग्रसर हुनुपर्ने बेला आएको छ।
आज कोरोनाको महामारी सामाना गरिरहेका हामी त्यसतर्फ ध्यान नदिएर सत्ता र शक्तीको चक्रमा फसिरहेका छौं । हिजो हामीले नयाँ संविधान जारि गयौं । जनताको हक अधिकार कानुनी ठेलीमा त लेखियो तर कार्यान्वयनको पाटोमा हामी राजनीतिक दलहरुनै चुक्दै गयौं । त्यसको कारण थियो हामीमा इमान्दारिता क्षिण भयो । सत्ता शक्ती र भत्ताका लागी संविधान विर्सीयौं। जनताका माग मुद्धालाई तिलान्जली दिन थाल्यौं । आफ्ना निहित स्वार्थ,पद लोलुप्ताका लागी मात्र राजनीति गर्न थाल्यौं ।तर त्यसरी धेरै समय टिकिदैन् । देश र जनताको लागी साँच्चीकै राजनीतिका होमिएका हौं भने अब इमान्दारीता र निष्ठाको राजनीति गर्ने बेला आएको छ । संविधानले जेजति निर्देशन गरेको छ, त्यसको कार्यान्वयन र ब्यवस्थापन गर्न पहिलो इमानदारी हुन जरुरी छ ।संविधानमा कुनै प्रावधान राख्दैमा,कुनै कानुनमा लेखिदिदैंमा समाजको व्यवहार परिवर्तन आउँछ भन्ने छैन । जब समाजमा एक अर्काको अस्तीत्व स्विकार्ने र सम्मान गर्ने मानसिकता फेरिएको हुँदैन तबसम्म सबै प्रकारका विभेदको अन्त्य हुन सक्दैन ।असमानताको अन्त्य समानताको स्थापना हो । समाजिक न्यायका लागि मानसिकतामा परिवर्तन हुनुपर्छ ।हिजोको समाजमा महिला,गरिब,दलित,जनजाति,मधेसी,अल्पसंख्यक मुसलमान,थारुहरुलाई हेर्ने दृष्टिकोण विभेदकारी थियोे आज पनि त्यो धङधङी छ।त्यो विभेदको दलदलमा परेका समुदायको आवाज बुलन्द पार्ने र विभेदको शेषलाई निमट्यान्ट पार्न सबै राजनीतिक दल सरकार र विभिन्न सरकारी गैरसरकारी निकायका साथै समाज पनि आफै जागरुक हुने र उठ्ने प्रयन्त गर्नुपर्छ । समाजमा भएका विभेदका शेषहरुलाई अन्त्य गर्न त्यही राजनीतिकै इमान्दारिता चाहिन्छ । पिडामा परेका समुदायलाई भजाएर राजनीतिक दाउपेचमा लागेर राजनीतिको छवीलाई धमील्याउने कार्यको अन्त्य हुनुपर्छ ।

राजनीतिलाई सम्मानित क्षेत्र बनाउने उदेश्य पूरा गर्ने राजनीतिक अभियानकै रुपमा सोच्ने शैली व्यवहार बानि र काम गर्ने तौरतरिकामा नै सुधार ल्याउनु पर्छ । समाजका हिजो सत्ता र सरकारको पहुँच भन्दा बाहिर भएका वर्गलाई अपहेलित दृष्टिले हेर्ने समाजको आँखा फेरिनुपर्छ । जब समाजमा एकरुपताको थालनी हुन्छ तब भावनात्मक रुपले नै समानताको बोध हुन थाल्छ। अहिलेसम्म पनि समाजमा श्रमलाई हेला गर्ने बानि छ। आफनो समाजमा काम गर्दा असजिलो वा लाज मान्ने तर समाजले नदेख्ने टाढाको ठाउँमा पुगेपछि कठिन र जुनसुकै कामका लागी तयार हुने मानसिकतामा परिवर्तन ल्याउन जरुरी छ । श्रमप्रति सम्मान भाव जगाउन सामाजिक संस्कारका साथै प्रविधिको प्रयोग दुबै अति आवश्यक छ । राजनीतिलाई संस्कार बदल्ने काममा लगाऔं। राजनीतिलाई समाज बदल्ने साधन बनाऔं । जसरी भएपनि पद,प्रतिष्ठा र शक्ति लिन आत्तीएका मान्छेहरुको भिड देखिन्छ । अधिकारको माग मात्रै बढिरहेको छ तर दायित्व र इमानदारीता प्रती कसैको ध्यान छैन । नैतिकता बोधबिना राष्ट्र उभो लाग्न कठिन छ ।सबै भन्दा पहिला आ आफ्नो क्षेत्रको जिम्मेवारी पूरा गर्ने समाज राष्ट्र प्रती इमानदार बन्दै सार्वजनिक सम्पत्तिको रक्षा गर्ने बानी बसाल्नु राम्रो हुन्छ ।राजनीतिक व्याक्तीहरुले सार्वजनिक जमिन वा सम्पत्ति मासेर आफन्त, मतदाता पोस्ने काम अनैतिक हो भनेर राजनीतिज्ञले नै बुझ्नुपर्छ । समाजका पर्यवेक्षकहरु पनि राजनीति गर्ने सबै लाई एउटै कसिमा राखेर हेर्नु हुँदैन । ठिक बेठीक कसले गल्ती गरेको छ सत्य बोल्ने आट गर्नुपर्छ । असत्य बोल्ने साहस गर्नुहुँदैन । राजनीतिमा जति सत्य हुन्छ जनताको विश्वास पनि त्यतीनै बढ्दै जान्छ । तर यहाँ त्यसको ठिक विपरित भएको छ । राजनीतिलाई जनताले विश्वास गर्न छाड्ने परिस्थीति मडारिदै छ । विकास निमार्णका कार्यदेखी अन्य क्षेत्रमा नीतिगत भ्रष्टाचार, छल छाम, उदासिनता भइरहेको तपाई हामीले देखिरहेकै कुरा हो । यो निरन्तर चलिरह्यो भने राजनीतिप्रति जनताको विश्वासपूर्ण रुपमा टुट्न सक्छ र जनताले नयाँ विकल्प खोज्न थाल्छन् । त्यसैले भ्रष्टचार अनियमितता ढिलासुस्तीको अन्त्य गरी उन्नती तिर लाग्नुको विकल्प छैन । विदेशबाट फर्किएका युवा शक्तिलाई स्वदेशमै रोजगारीको वातावरण तयार पार्न एउटा अभियानको थालनी राजनीतिक दल मार्फत गर्नुपर्छ । हामीले आजै देखि बाझै बसेका जमिन,खेर गएको पानी, जंगलमा क्षेत्रमा भएका औषधी जन्य कुराहरुको खोज गरी उपयोगितामा ल्याउनुपर्छ । राज्यले अघि सारेका युवा स्वरोजगार महिला जागृती, गरिबसँग विश्वेश्वर गरिबी निवारण, जनता आवास, वन कृषि पशुपालन, शिक्षा देखि स्वास्थ्य सामाजिक सुरक्षामा छुट्याइएका बजेटको सहि परिचालन गर्ने हो भने सामाजिक आर्थिक समृद्धि न्यायोचित वितरण भएमा राजनीति र राजनीतिकर्मी सम्मानित हुन सकिन्छ। स्वच्छता र पारदर्शिता समाजको उन्नतिलाई सघाउ मात्रै होइन राजनीतिकर्मी राजनीति क्षेत्रमा लागेकाहरुले भ्रष्टाचार निमुल गर्ने प्रतिज्ञा गर्नुपर्छ । जब राजनीतिकर्मीले स्वच्छता पारदर्शिताको थालनी गर्न थाल्छ,गलत धन्दा गर्नेहरुको पक्षमा उभिदैनन्, भ्रष्ट आचरण डनहरुको विरोधमा उभिन्छ तब समाजमा विकाश र परिवर्तनको पथमा अगाडी बढ्छ । यसका लागि न्युनतम आवश्यकतामा मात्र बानी बसाल्नुपर्छ ।

  लुटेर होस वा हुल बाधेर कुटपिट गरे करोडौंको रकमको खोला बगाएर होस, नैतिकता को बन्धन फालेर प्रेमको नाता परिवारको नाता युद्धमा धेरैको ज्यान लिएको नाता सबै सबै राजनीति भित्र भयो । जागिरे र ठेकेदार हुँदाहुँदै चुनावको टिकट लिने हारेमा जागिरमै फिर्ता, ठेक्कामा फिर्ता, अनी उही पुरानै धन्दा गर्ने जहाँ राजनीतिलेनै ढाकछोप गरोस्, परिआए नेता पार्टी बाटै वक्तव्यनै जारी गराउन लगाईयोस् । अनी लोकतन्त्रको पक्ष जोगिन्छ ?

नेपाली कांग्रेसका नेताहरुले, बिचार आदर्शको राजनीति व्यवहारमा सँगै लानु भएको थियोे । तर पछिल्लो समय कांग्रेसमा पनि ती बिचार र आर्दशलाई बिर्सीएर अन्तै मोडिन लागेको होकी भन्ने भान कांग्रेसका इमान्दार नेता कार्यकर्तामा मात्र नभई जनतामा पनि भयो । यद्यपी कांग्रेस जनता र राष्ट्रकै पक्षमा उभिएको छ । केही व्याक्तीका निहित स्वार्थ परिपुर्ती गर्न गर्बिलो इतिहास बोकेको कांग्रेसको आर्दशलाई तिलान्जली दिनुहुँदैन । अहिले शिर्ष नेताहरुपनि सजक हुनुहुन्छ भन्नेमा विश्वस्त छौं । राजनीतिक दलहरुले एक थोक भन्ने अर्को गर्ने काम छाडेर आफ्ना घोषित उदेश्य अनुरुप समाज र राष्ट्र सेवामा इमानदारिताका साथ लाग्ने हो भन्ने राजनीति र राजनीतिकर्मीको ईज्जत, प्रतिष्ठा बढन केही बेर लाग्दैन ।इमानदारीपूर्वक सिद्धान्तको राजनीति गरौं । राजनीति किन गर्ने ?, राजनीति के का लागि हो ? राजनीतिमा किन लागे ? राजनीतिक धर्म के हो ?यी कुरालाई आत्मसात गरेर अघि बढनु उत्तम हुँन्छ । सबै नितिको मुल नीति राजनीति भएकोले यो ठिक नहुँदा समाज राष्ट्र हुँदै अन्तर्राष्ट्रिय रुपमै यसको असर पर्छ ।

लुटेर होस वा हुल बाधेर कुटपिट गरे करोडौंको रकमको खोला बगाएर होस, नैतिकता को बन्धन फालेर प्रेमको नाता परिवारको नाता युद्धमा धेरैको ज्यान लिएको नाता सबै सबै राजनीति भित्र भयो । जागिरे र ठेकेदार हुँदाहुँदै चुनावको टिकट लिने हारेमा जागिरमै फिर्ता, ठेक्कामा फिर्ता, अनी उही पुरानै धन्दा गर्ने जहाँ राजनीतिलेनै ढाकछोप गरोस्, परिआए नेता पार्टी बाटै वक्तव्यनै जारी गराउन लगाईयोस् । अनी लोकतन्त्रको पक्ष जोगिन्छ ? । केही अवसर र स्वार्थमा लागेका लाई चुनाबमा पैसा सँग टिकट साट्न थालियो भने राजनीतिले कुन बाटो लेला ? निष्ठाको राजनीति गर्नेहरु हिजो पैसा र बलका भरमा टिकट पाउने चैतेहरुका अगाडी कसरी उभिन सक्छन् । जीवन भर जनता र समाजको लागी लड्नेहरुलाई पार्टीले उपेक्षा गरे के पार्टी पार्टी रहँला त ?जीवनको अन्तिम समय सम्म पार्टि र पार्टीको कार्यभार सम्हाल्ने बचन खाएका ती सेवकहरुको मनमा कस्तो चोट पुग्ला ? आज राजनीति नेताहरूले यी कुरामा ध्यान नदिएर धनवाद र डनवादमा लागे । राजनीतिज्ञहरुले आत्मानुशासनको खोजिको अभ्यास नगर्ने हो भने समाजको बर्बादि कसले बचाइदिन्छ ? त्यसैले राजनीतिलाई ईज्जत् प्रतिष्ठा सम्मानित क्षेत्र बनाउने अभियानमा हामी सबैले आ आफना ठाउँबाट लाग्नु अति आवश्यक छ ।

नातावाद, कृपावाद र पैसाको लोपको चंगुलमा राजनीति चलाउन थालियो भने भोलीको पिढीले राजनीति इज्जतका रुपमा होइन घृणाका रुपमा हेर्ने परिस्थिती बन्न सक्छ । त्यसैले राजनीतिलाई संस्कार बदल्ने काममा लगाऔं। राजनीतिलाई समाज बदल्ने साधन बनाऔं । निष्ठा हार्ने,इमानमा भ्वाङ पार्ने राजनीति बन्द गरौं।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु