बिहिबार, जेठ १५, २०७७
GokarnaNews

नायिका ट्विंकलले भनिन्- ‘शाहरुख, सलमान र आमिरको भन्दा अक्षयको लामो !

नायिका ट्विंकलले भनिन्- ‘शाहरुख, सलमान र आमिरको भन्दा अक्षयको लामो !

एजेन्सी – बलिउडका दुई सुपरस्टार राजेश खन्ना–डिम्पल कपाडियाकी छोरी एवं अक्षय कुमारकी श्रीमती ट्विंकल खन्ना । नायिका हुनुका साथै लेखिका र स्तम्भकार हुन् ।

निकै कमलाई थाहा होला कि ट्विंकल खन्नाको आँखालाई क्रस आई (डेढो) थियो । सन् १९९५ मा रिलिज भएका केही फिल्ममा उनको आँखामा यस्तो समस्या स्पष्ट देखिन्थ्यो तर केही फिल्म सफल भएपछि उनले यसको उपचार शल्यक्रियामार्फत गराइन् ।

करण जोहर ट्विंकल खन्नाका निकै राम्रा साथी हुन् । फिल्म कुछ कुछ होता है मा टिनाको भूमिका सुरुमा ट्विंकल खन्नालाई अफर गरिएको थियो । करणले यो भूमिका ट्विंकललाई नै दिमागमा राखेर लेखेका थिए तर उनले अस्विकार गरेपछि यो रोल रानी मुखर्जीलाई दिइयो ।

ट्विंकलले बताए अनुसार जब अक्षय उनकी आमा डिम्पलसँग ट्विंकलको हात माग्न गएका थिए तब उनी सोचमग्न भएकी थिइन् । ट्विंकल खन्नाले सन् २००१ मा अक्षय कुमारसँग विवाह गरेकी थिइन् । तर के तपाईंलाई थाहा छ, ट्विंकलको विवाहअघि दुईपटक इन्गेजमेन्ट भएको थियो ? रिपोर्टलाई मान्ने हो भने ट्विंकलले आफ्नो जीवनमा दुई पटक इन्गेजमेन्ट गरिन् तर एकै व्यक्तिसँग र ती हुन् अक्षय कुमार । आखिर किन ?

पहिलो पटक अक्षयसँग इन्गेजमेन्ट भएपछि दुबैको ब्रेकअप भएको थियो जसका कारण इन्गेजमेन्ट टुटेको थियो । दुबैको पुनः कुरा मिलेपछि विवाह अघि दुबैले एकपटक इन्गेजमेन्ट गरे ।

बलिउड अभिनेता अक्षय कुमारकी श्रीमति ट्विंकलले केहि समय पहिले अनौठो खुलासा गरेकी थिइन् । भारतीय सञ्चार माध्यमका अनुसार करण जोहरको शोमा करणले ट्विंकललाई उनको श्रीमान् अक्षय कुमारसँग के छ ? जुन बलिउड कलाकार शाहरुख , सलमान र आमिर खानसँग छैन भनेर प्रश्न गरेका थिए ।

ट्विंकलले उत्तर अंग्रेजीमा दिदै भनिन् – अ फ्यू एक्स्ट्रा इन्चेस । उत्तरसँगै करण जोहरको अनुहार रातो बन्यो । अक्षय कुमार पनि लाजले यताउता हेर्न थाले। ट्विंकल यतिमै रोकिनन् करणलाई अक्षय कुमार तर्फ प्रश्न गर्न नदिइ आफ्नो कुरा स्पस्ट पारिन् । उनले अक्षयको कुनै विशेष अंगको कुरा नगरेर अक्षयको खुट्टाको भनेको बताइन् ।

कार्यक्रमको क्रममा ट्विंकलले अक्षयले सेसिबल चलचित्रमा अभिनय नगरे सम्म दोस्रो सन्तान नदिने चेतावनी दिइन् । ट्विंकलले यस खालको प्रतिक्रिया दिनु नौलो भने होइन उनले यस भन्दा पहिले पनि यस्तो भनाइ राख्दै आएकी छन‍् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु