बिहिबार, जेठ १५, २०७७
GokarnaNews

लकडाउनका कारण सुटिङ बन्द भएपछि आर्थिक संकटमा रहेका बलिउड कलाकारले गरे आत्महत्या

लकडाउनका कारण सुटिङ बन्द भएपछि आर्थिक संकटमा रहेका बलिउड कलाकारले गरे आत्महत्या

काठमाडौँ -लकडाउनका कारण दुई महिनादेखि सुटिङ बन्द भएपछि आर्थिक संकटमा रहेका बलिउड कलाकार मनमीत ग्रेवालले आत्महत्या गरेका छन्।

लकडाउनमा टीभी सिरियल बन्द भएपछि आर्थिक संकट आएका कारण मनमीत डिप्रेशनमा परेको र यसै क्रममा आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

२९ वर्षीया मनमीत मुंबईको नवी क्षेत्रमा बस्दै आएका थिए।पछिल्लो समय उनी टिभी सिरियल कुलदीपकमा देखिएका थिए।

उनले सिरियलमा काम गर्नका लागि निकै संघर्ष गरेको बताइएको छ। उनी विवाहित थिए र करिब ८ वर्ष पहिले मुंबई आएका थिए।

उनी आफ्नी पत्नीसँग एक सानो फल्याटमा नवी मुंबईमा बस्दै आएका थिए।

एकातिर आर्थिक संकट र अर्को तिर सुटिङ ठप्प भएका कारण उनी डिप्रेशनमा परेका थिए।

उनले आफ्नो काम र परिवारका लागि केही ऋण लिएका थिए।

यो समयमा काम नपाएका कारण उनले त्यो ऋण तिर्न पनि सकेका थिएनन्।

त्यसै क्रममा उनले आत्महत्याको बाटो रोजेको समाचारमा जनाइएको छ।

यीनीसँगै यी बलिउड कलाकारले पनि आत्माहत्याको बाटो रोजेका छन् ।

बलिउडबाहिरकालाई लाग्न सक्छ सेलिब्रिटीहरु लक्जरी जीवन बिताइरहेका छन् । उनीहरूका जीवनमा खुसीयाली, मोजमस्ती र रमाइलोमात्र छ । लाग्छ उनीहरूले दुःखका दिन त देखेकै छैनन् ।

तर, वास्तविक जीवनमा उनीहरूको समस्या हामीले सोचेभन्दा धेरै रहेका हुन्छन् । कतिपय समस्यासँग जुध्‍न नसक्दा आत्महत्याको बाटो पनि रोज्‍ने गरेका छन् । बलिउड कलाकार जसले आत्महत्याको बाटो रोजे ?

१. दिव्या भारती

उनले पाँचौँ तलाबाट हाम फालेर आत्महत्या गरेको बताइएको थियो । उनले १९ वर्षको उमेरमा १४ वटा फिल्म खेलिसकेकी थिइन् ।

२. गुरुदत्त

उनले रक्सीमा निदाउने औषधी मिलाएर सेवन गरेका थिए । उनले आफ्नै घरमा आत्महत्या गरेका थिए ।

३. कुलजित राडधावा

उनले आफ्नै घरको सिलिङ पङ्खामा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

४. कुनाल सिंह

श्रीमतीले आफ्नो बच्चासँग भेट्न नदिएपछि कुनालले आत्महत्या गरेको रिपोर्ट बाहिर आएको थियो ।

५. मनमोहन देसाइ

यी अभिनेताले बाल्कोनीबाट हाम फोलर आत्महत्या गरेका थिए ।

६. जिया खान

यी अभिनेत्रीले आफ्नो प्रेमीसँग भएको विवादका कारण आत्महत्या गरेकी थिइन् । उनी आफ्नो अपार्टमेन्टमा मृत फेला परेकी थिइन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु