बिहिबार, जेठ १५, २०७७
GokarnaNews

कोरोनाका कारण युएईमा एक नेपाली युवाको मृत्यु

कोरोनाका कारण युएईमा एक नेपाली युवाको मृत्यु

यूएई – यूएईको आबुधावीमा कार्यरत एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । कपिलवस्तु बाणगांगा नगरपालिका वडा नम्बर ८ लौगाइ घर भै लामो समय देखि यूएईको आबुधावीमा रहेको एक होटलमा कार्यरत ३९ बर्षका चुडामणि ढकालको शनिबार ज्यान गएको हो । उनी केही हप्ता पहिले अस्पताल भर्ना भएका थिए ।

स्वास फेर्न गाह्रो हुने तथा ज्वरो आउने समस्या बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो थिए । सुरुमा निमोनियाका कारण बिरामी भएको भन्दै बिरामीलाई निमोनियाको औषधि दिईएको पारिवारिक श्रोतले जनाएको छ । धेरै असजिलो भएपछि आबुधाबी स्थित ब्रुजिल हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

सुरुमा निमोनिया देखिएर अस्पताल भर्ना भएका उनको कोरोना भाइरसको कारण ज्यान गएको अस्पतालले जारी गरेको मृत्यु प्रमाण पत्रमा उल्लेख छ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु