बिहिबार, जेठ १५, २०७७
GokarnaNews

गोकर्णेश्वर वडा-५ का जनप्रतिनिधिबाटै घर भाडा नदिएको भन्दै कोठा खाली गर्न दबाब

गोकर्णेश्वर वडा-५ का जनप्रतिनिधिबाटै घर भाडा नदिएको भन्दै कोठा खाली गर्न दबाब

काठमाडौँ – कोरोना महारमारीको सन्त्रासमा रहेको बेला कोठाभाडामा बस्नेहरुलाई भाडा नदिएको भन्दै जनप्रतिनिधिबाटै कोठा खाली गर्न दबाब दिएका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित जोरपाटीमा सोही वडाकै निर्वाचित वडा सदस्य मुकुन्द फुयाँलको घरमा भाडामा बस्दै आएका पाँच परिवारलाई दुई महिनाको भाडा माग्दै नदिए कोठा खाली गरेर निस्किन दबाब दिएको पीडितहरुले बताएका छन् । गत बैशाख २६ र २७ गते कोठामा बसेकाहरुलाई बैंकको ब्याँज तिर्नुपर्ने भन्दै वडा सदस्य फुयाँल स्वयम् आएर जेठ १ गतेभित्र भाडा बुझाउनु पर्ने र नभए आफ्नो घर खाली गर्नुपर्ने भन्दै ताकेता गरेपछि यो कुरा बाहिरिएको हो ।

यसअघि सटर तथा कोठाहरुको भाडाँ अर्कै व्यक्तिले उठाउँदै आएपनि वडा सदस्यको घर भएको थाहा नपाएको भाडामा बस्नेहरु बताउँछन् । लकडाउनको समयमा एक्कासी वडा सदस्य आफैँ भाडा माग्न आउँदा हामी अलमलमा प¥यौँ उनीहरु भन्छन् । कहिकतै निस्किन नमिल्ने र व्यवस्थापन गर्न मुस्किल परिरहेको बेला कोठा भाडाँ मागेर दुःख दिएको उनीहरुको आरोप छ । मजदुर तथा होटल व्यवसाय गर्दै आएका उनीहरुले भने– ‘अन्य समयमा आफूहरुले समयमै भाडा बुझाएको र अहिले लकडाउका कारण आफ्नो पेसा व्यवसाय केही नहुँदा कमाउन बाटो नै बन्द भएकोले समयमै भाडा बुझाउन सकिएन, यस्तो बेला हामी कहाँ जाऊ’

उनीहरुको गुनासोपछि हामी वडा अध्यक्ष नारायण सुवेदीकहाँ पुग्दा अहिलेसम्म वडाभित्र घरभाडा सम्बन्धि कुनै समस्या नआएको बताए । उनले यति त्यस्तो समस्या आएको छ भने दुबै पक्षलाई राखेर समस्या समाधानको उपया खोज्ने बताए । त्यस्तै वडा सदस्य समेत रहेका मुकुन्द फुयाँलसंग कुरा गर्दा आफूले दबाब नदिएको दाबी गरे । तर पीडितहरु भने फुयाँल आफै आएर भाडा नदिए आ–आफ्नो सामान निकालेर निस्किएर जाउ भन्दै भाडा बुझाउने समय तोकेर गएको आरोप लगाएका छन् । फुयाँल तत्कालिन एमालेबाट निर्वाचित सदस्य हुन् ।

देश लकडाउनमा छ । कोही व्यक्ति एक ठाउँबाट अर्को ठाउँ गर्न पाउने अवस्था पनि छैन् । यो विपद तथा संकटको बेला आफु बाँच्ने र अरुलाई पनि बचाउनुपर्छ भन्ने मानसिकता सर्वश्रेष्ठ प्राणीमा हुनुपर्दछ । तर राजधानीका केही घरहरुमा भने मानवता र मानवीय संवेदनशीलता नबुझ्दा आफ्नो इज्जातमाथी मेट्नै नसकिने दाग लाग्ने गरेको पाईन्छ । त्यस्तै मानसिक तनाव तथा दबाबले उब्जिएको व्याथाले थुप्रै घटनाहरु घटिरहेको छ । त्यसप्रकारको घटना न्यूनिकरण गराउन धैर्य र मानवीय समावेदना प्रकट गरौँ सबैलाई स्वतन्त्रपूर्वक बाच्न पाउने वातावरण सिर्जना गरौँ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु