बिहिबार, जेठ १५, २०७७
GokarnaNews

कोरोना संक्रमित संख्या बढ्दै गएपछि काठमाडौंको चन्द्रागिरि नगरपालिका ‘सिल’

कोरोना संक्रमित संख्या बढ्दै गएपछि काठमाडौंको चन्द्रागिरि नगरपालिका ‘सिल’

काठमाडौं – कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौंको चन्द्रागिरि नगरपालिका सिल गरिएको छ । नगरपालिकामा जनप्रतिनिधि र सुरक्षा अधिकारीको बैठकले नगरपालिका क्षेत्रभित्र अत्यावश्यक काममा बाहेक हिँडडुल र गाडी चलाउन प्रतिबन्ध गरिएको छ ।

कलंकी थानकोट सडकबाहेक अरु सबै सडकमा सवारी साधन चल्न बन्द गरिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । ‘राजमार्गसमेत यही वडामा पर्ने भएकोले सिल गरिएको घोषणा गरिएको छैन । तर, लकडाउन कडाइ गर्दा सिल गरेसरह नै कडा गरिने छ ।’

गत वैशाख ३० गते चन्द्रगिरिमा बसोबास गर्ने ३३ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको थियो । ती युवती चन्द्रागिरि– ९ निवासी थिइन् । त्यस्तै जेठ एकमा पनि चन्द्रागिरिमै बसोबास गर्ने ३२ वर्षीय युवकमा पनि कोरोना संक्रमण देखिएको थियो ।

जेठ एकमै काठमाडौंको दहचोक बस्ने ७ वर्षीय बालकमा समेत कोरोना संक्रमित भएको पाइएको छ । त्यस्तै, बिहीबार धादिङ स्थायी घर भएकी महिला पनि वैशाख २७ गते काठमाडौंको सतुंगलमै रहेकी छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु