मङ्गलबार, बैशाख २८, २०७८
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

नारायण रायमाझीले ल्याए राष्ट्रीयताले ओतप्रोत गीत ‘आमा तिम्रो छातीको पाटो छिमेकीले बनायो मुलबाटो'( भिडियो हेर्नुहोस्)

काठमाडौं – भारतले नेपाली भुमी कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी सडक निमार्ण गरेपछि नेपालमा भारतका विरुद्ध विभिन्न तवरबाट आन्दोलन सुरु भएका छन् ।
नेपालमा सडक देखी सदनसम्म भारतको कदम विरुद्ध आवाज उठेका छन् । सरकारले पनि भारतको कदम नेपालको स्वाधिनतामाथी ठाडो हस्तक्षेप गरेको भन्दै विरोध जनाई सकेको छ । भारतले नेपाली भुमी मिच्ने सीमामा नेपाली जनतालाई दुःख दिने कदम भने यो नौलो होइन । कोरोना महामारीले विश्व थला परिरहेको अवस्थामा भारतले भने नेपाली भुमी मिचेर सडक निमार्ण गरेको छ ।

भारतका विरुद्ध गीत संगित मार्फत पनि विभिन्न कलाकारले विरोध जनाइरहेका छन । यस्तै बरिष्ठ गायक तथा संगितकार नारायण रायमाझी र मठो स्वरकी चर्चीत गायिका शान्ती श्री परियारले राष्टियताले ओतप्रोत आमा तिम्रो छातीको पाटो छिमेकीले बनायो मुलबाटो बोलको गीत पस्केका छन् । लोक तथा दोहोरी क्षेत्रका लोकप्रिय सर्जक रमेश बिजिको रचना रहेको उक्त गीतको संगीत नारायण रायमाझीलेनै गरेका छन् भने संगित संयोजक बिबि अनुराघीले गरेका छन् । नेपाली भूमीमा भारतले बारम्बार आक्रमण गर्ने र विस्तारै नेपाली भूमी चिमोटीदै खाएको गीतमा उल्लेख गरिएको छ । राष्टियताले ओतप्रोत गितमा गोरर्खालीको इतिहास स्मरणगर्दै अहिले नेपाली भूमीमाथी भारतले परेड खेल्दा पनि किन यती कमजोरी भनेको भन्दै प्रश्न पनि उठाइएको छ । सो गीतमा अब अम्मर शिंह थापा,बलभद्र कुँबर जस्ता वीर बनेर नेपाली माटो जोगाउन ब्युझनुपर्ने अवस्था आएको समावेश गरिएको छ ।
भिडियो हेर्नुहोस्