सोमबार, असार २९, २०७७
GokarnaNews

धनुषाका एक पत्रकारमा कोरोना संक्रमण

धनुषाका एक पत्रकारमा कोरोना संक्रमण

जनकपुरधाम – धनुषाका एक जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ।

धनुषामा मंगलबार देखिएका दुई जना कोरोना संक्रमितमध्ये एक जना पत्रकार रहेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।

धनुषा र महोत्तरीमा गरी मंगलबार चार जनामा कोरोना देखिएको थियो।

उनीहरूलाई उपचारका लागि जनकपुरधामनस्थित प्रादेशिक अस्पतालमा पुर्‍याइएको छ।

संक्रमित भेटिएका ठाउँ सिल गर्ने र कन्ट्याक्ट ट्रेसिङको काम गरिने प्रशासनले जनाएको छ।

यसअघि पर्सामा मंगलबार भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार थिए।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु