सोमबार, असार २९, २०७७
GokarnaNews

लिपुलेक अतिक्रमणको विरोधमा मोदीको पुतला दहन

लिपुलेक अतिक्रमणको विरोधमा मोदीको पुतला दहन

जनकपुरधाम – जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ। भारतले नेपाली भूमि मिचेको विरोधमा उत्रिएका यहाँका युवा तथा विद्यार्थीले मोदीको पुतला जलाएका हुन्।

भारतले नेपाली भूमि लिपुलेक मिचेर सडक बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका सत्तारुढ नेकपाका विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध विद्यार्थीले रामानन्दचोकमा मोदीको पुतला दहन गरेका छन्।

पुतला दहन गर्ने क्रममा १० भन्दा बढी विद्यार्थी पक्राउ परेका छन्। पक्राउ पर्नेमा विद्यार्थी नेता आनन्द झा, राजन झा, रिकी यादव, आरपी यादवलगायत छन्।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु