बिहिबार, जेठ १५, २०७७
GokarnaNews

प्रधानमन्त्रीलाई व्यङ्ग्य गर्दै संसदमा गगन थापाको कविता: ‘म त भाग्यमानी’

प्रधानमन्त्रीलाई व्यङ्ग्य गर्दै संसदमा गगन थापाको कविता: ‘म त भाग्यमानी’

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा प्रधानमन्त्रीलाई समर्पित गर्दै कविता सुनएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद थापाले म त भाग्यमानी शीर्षकको कविता वाचन गरेका हुन् । उनले कवितामा सीमा मिचिएको, लकडाउनका कारण श्रमिक आहत बनेको तर प्रधानमन्त्री कविता लेखर बसेको उल्लेख गरेका छन् ।

यस्तो छ थापाले संसदमा वाचन गरेको कविता

छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको।
यस्तो सबल सरकार छ
सीमा कसले मिच्ने ?

कोही छैनन् जोरी खोज्ने छैनन् कोही हेप्ने
सयौं कोस हिँड्दा पनि श्रमिक छैनन् आहात
गरिबलाई सम्मान छ सरकारबाट राहत
विदेशमा कोही पनि अलपत्र छैनन्

दुःख, पीडा सुनाउने ती नेपाली नै होइनन्
जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक, साना व्यापारीको साह्रै मर्म बुझ्ने
भ्रष्टाचारलाई नसहने सरकारको छ नीति

हावादारी हल्ला हुन् ओम्नी र यती
सबैतिर वाह वाह यस्तो विकास देख्दा
पत्रकार नि दंग छन् यी समाचार लेख्दा।

कोमल हृदयका प्रधानमन्त्री
आँसु कवि हाम्रा
दिन नबिराई सिर्जना छ आहा कति राम्रा
राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला

गीत कविता भट्याउँदै कालापानी जाऔंला
सारा नेपाल हाँसेको छ मेचीकाली गाउँछ
आँसु आए बरू त्यही गीतले आउँछ।

यस्तो नायक गजबका ल्यायौं जानीजानी
अहो हामी नेपाली त साह्रो भाग्यमानी
म त साह्रै भाग्यमानी।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु