मङ्गलबार, बैशाख २८, २०७८
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

कोरोना-गरिबी-कृषिउत्साह र वास्तविकता

विश्व अहिले कोरोना महामारीबाट एक किसिमको तहसनहसमा छ, कोरोनाबाट नेपाल पनि अछुतो रहन सकेन। यहि हप्ता नेपालगन्ज र पर्सामा भेटिएका संक्रमितबाट पनि आम नेपाली समाज अझ बढी ससंकित भएको भन्दा खासै फरक नपर्ला। कोरोनाको संक्रमण चलीरहँदा ,केही ठाउँँमा राम्रा अनि प्रेरणामुलक गतिबिधी चलिरहेका छन् । केही ठाउँमा भने असभ्य र अपाच्य गतिबिधीहरु सामाजिक सञ्जालमा देखिने गरेका पनि छन्।

कोरोना भाइरसबाट साँच्चीकै को बढी प्रभावित भएका छ वा हुनेवाला छन् ? यसको सजिलो, सरल र प्रायको उत्तर हुनसक्छ, गरिब निमुखा, कृषि पेसा र कृषक ! तर म भने यो उत्तरमा पुर्ण रुपमा सहमत छैन, दिनरात खटिने स्वास्थकर्मी खै,दिनभर पहरेदारी निभाउने पुलिस प्रसासन खै? के कोरानाले मध्यमबर्ग र बिलासिताको जीवन बिताउनेलाई कुनै असर गर्दैन होला?
जसरी हामिले कोरोनालाइ आखाँले देख्दैनौ, कोरोनाले पनि हामिलाई देख्दैन , उसले धनी ,गरिब, स्वास्थकर्मी, पुलिस प्रशासन, कृषक, मजदुर , दलित, आदिवासी, बिपन्न, सम्पन्न केही भन्दैन । यो सबैलाइ लाग्न सक्छ तर लाग्ने नलाग्ने अबस्थाचाहिँ कस्ले कति सावधानी र होसियारी पुर्याएको छ भन्ने कुरामा निर्भर हुने गर्दछ। सायद यो अन्तिम लाइनमा धेरैको सहमती हुन्छ होला पनि। माथिको मेरो अपुर्ण सहमतिलाई थपिएका कुराले बल्ल पुर्णता दिन्छ।

अब कुरा गरौं गरिबी, बिपन्नता र कृषीपेसा किन कोरोना भाइरसबाट जोखिममा छ ? किन कृषि पेसा अहिले भयवित छ ? भने अर्कापाटोबाट हेर्दा कृषि पेसामै धेरैको रुचि र चर्चाको बिषय पनि बनेको छ, के साच्चै अब कृषिवाद लागू हुने अवस्था आएको हो त ? एउटा सरल उत्तर छ, जबसम्म खाने कुरालाई परम्परा, कृषि पेसालाई समस्या र कृषकलाई पुरानै दरिद्रताको हेराइबाट हेरिन्छ तबसम्म जुनै वाद आओस, कृषि पेसालाइ अगाल्ने युवा पनि बिस्तारै सुस्ताउदै जान्छ । कृषि पेसा र कृषी क्रान्ती बिस्तारै अस्ताउदै जान्छ ।

  नाकबन्दी पछि पनि कृषिको बारेमा ठुलो छलफल चलेकै हो, कृषिनै ठूलो व्यवसाय हो,यसमै भबिस्य छ भन्ने ठूलो जमात सलबलाएको थियो। नाकाबन्दी सकियो, कृषिको बहस पनि सुस्ताउदै गयो। भुकम्प आएको बर्षपनि फाट्टफुट्ट कृषीको बहस चल्यो। भुकम्प बरु बेला बेलामा फर्केर आउँछ, त्यो बेलाका कृषि बहस त्यसै बेला सकिए

मैले अस्ताउछ भन्दैमा कृषीक्रान्ति अस्ताउने पनि हैन , जब कृषिमै लागेका युवाहरु उत्पादनको लागत मूल्य सहितको नाफा,उत्पादनको बजारिकरण कृषि मैत्री कार्यक्रममा भन्दा, सस्तो लोकप्रीयतामा कर्मचारी र जुनपनी सरकार जोडबल गरेर लाग्छ, त्यो देशको सरकार, कृषि क्रान्ती र देशको भबिष्यनै दिशाबिहिन र गतिबिहिन हुँदै जान्छ । अन्त्यमा अस्ताउनुको बिकल्प हुँदैन। धेरै टाढा जानू पर्दैन भन्सारमा छुट(मिलेमतो र छलकपटी) दिएर भारतिय तरकारी ( बिषादी चेकजाच नै नगरी) आउँदा , नेपाली युबा कृषकको रातदिनको मेहनत खेतबारिमा कुहिदैं गर्दा गन्धको असर सरकारको नाकसम्म पुग्दा पनि , केन्द्र एव्म स्थानिय सरकारको नाक रहयो होला त ? तेती मात्र होइन अहिलेको ताजातरोज कुरागरौं न बन्दाबन्दी(लकडाउन)ले नेपाली कृषक काम नगरेर,उत्पादन नगरेर भन्दा पनि आफुले उत्पादन गरेको तरकारी कौडीका भरमा बेच्नु परेको त छ छदै थियो त्यती नभएर लकडाउन देखाउँदै भारतबाट ठुला ठुला ट्रक कन्टेनरमा दिनका दिन तरकारि भित्र्याउन कुनै कोरोना बन्दाबन्दीले रोक्दैन तर नेपालमै भएका कृषकलाई बन्दाबन्दीको समस्या तेर्साएर उत्पादन गरेको तरकारी बारीमै कुवाउनु पर्दाको पिठा कति अमिलो र चित्कार होला सोचौं त । कृषकले उत्पादन गरेका वस्तुहरु स्थानिय केन्द्र सरकारले समन्वय गरेर बजारसम्म पुराउन कुन शक्तीले रोक्यो त ? सरकार के साच्चीकै बिचौलियालेनै चलाएकै हो त कि के ? नेपाली कृषकले यसरीनै खेतबारीमै कुहाँउनु पर्ने अवस्था कहिलेसम्म ? कुनै सामान भित्र्याउनै हुँदैन भन्ने अर्थ नलागोस तर हाम्रा कृषकको तरकारी खेतबारीमा कुहिने ट्रकका ट्रक भारतबाट हामीले तरकारी आयात गर्नु परे कसरी कृषिवादका कुरा , कृषि क्रान्तीका कुरा सम्भव हुन्छ त ? यी यावत कुरा यक्ष प्रश्नका रुपमा तेर्सीएका छन् ।

कुरा तरकारी आयो मात्र पनि हैन, कुनै ठूलो ट्रकमा भएको तरकारी लोड अनलोड गर्दा कति मान्छे चाहिन्छ, ५, १०,१५ वा २० जति नै लागुन बिना कुनै साबधानी र सतर्कता नअपनाइ नेपाल भित्रने तरकारि र कामदार संग अन्य जोखिम र संक्रमण भित्रने समस्या पनि त रहन्छ।

अब कामदार, निमुखा, बिपन्न , बिपन्नता र कोरोनाको कुरा गरौ।

पेसा के?
लेबर ।
घरमा कति जना छ्न ?
६ जना, । आफू, रोगी श्रीमती, ४ भुरा भुरि।
अब सोच्नुस यो बेला यो भन्दा बिपन्नता के हुन सक्छ (मैले कसैको बिपन्नतालाई खिसी गरेको हैन,अहिलेको यथार्थलाई शब्दमा उतार्ने जमर्को गरेको हुँ) । न कुनै पेसा, न कुनै जग्गा जमिन , न कुनै बचत। न सरकारी राहत। तर पनि सरकारले करोडौ रातह बाड्यो, कुहिएकै चामल नै किन नहोस, धोइपखाली छाक त टर्यो, भोक त मर्यो। अब सरकारले, सहयोगी सस्थाहरुले पनि राहातको कार्यक्रम प्रभावकारी बनाउने बेला आएको छ। किन भने अहिलेसम्म अबस्था धेरै नाजुक बनेको छैन अब अबस्था अब नाजुक हुने क्रममा छ।
जो होचो उसैको मुखमा घोचो, एकातिर खानपिनकै अभाव , भएपनी पौस्टिक तत्वको कमि (गरिबमात्र हैन प्राय नेपालिहरु भाते संस्कारमै हुर्किएका छौ, अबस्था बदलिन केही समय अवश्य लाग्छ) , रोग प्रतिरोधात्मक शक्तिको कमि, सुचना, स्वास्थ जस्ता संबेदनसिल क्षेत्रको पहुँचमा रहन नसक्नु पनि एउटा समस्या हो। जस्ले कोरोना लागिसकेको अबस्थामा असहज अबस्था सिर्जना गर्नसक्छ। तर होसियारी अपनाउने हो भने कोरोनाले गरिब धनी, सप्पन्न , बिपन्न छुट्टाउन सक्दैन।

साच्चिकै कृषि पेसामा उत्साह बढेको हो ? अब सबै कृषि उत्पादनमा लाग्ने बेला आएकै हो त?
उत्साह सेलाउन सक्छ। ( सत्य तितो होला) सबै मान्छे हैन , गतिला , मेहनती मान्छे , कर्मठ मान्छेहरु मात्रलागे पुग्छ । अहिलेको अबस्था हेर्दा एउटा स्थानिय तहको एउटा वार्डमा हातमा अटाउने कृषक व्यावसायिक रुपले कृषिमा लाग्नुपर्छ। अरु किसानहरुले पनि बिस्तारै प्रबिधी मैत्री र सिपमा निपुर्ण भएपछी व्यवसायिकता दिनपर्छ। कृषीपेसा बाहिरबाट जति सहज देखिएको छ तेति सजिलो पनि छैन र जति चर्चाको विषय बनेको छ, यसको चर्चा निकै कम र मौसमी चर्चामात्र भएको छ।

नाकबन्दी पछि पनि कृषिको बारेमा ठुलो छलफल चलेकै हो, कृषिनै ठूलो व्यवसाय हो,यसमै भबिस्य छ भन्ने ठूलो जमात सलबलाएको थियो। नाकाबन्दी सकियो, कृषिको बहस पनि सुस्ताउदै गयो। भुकम्प आएको बर्षपनि फाट्टफुट्ट कृषीको बहस चल्यो। भुकम्प बरु बेला बेलामा फर्केर आउँछ, त्यो बेलाका कृषि बहस त्यसै बेला सकिए। हामीसंग जग्गा निकै कम छ, कृषियोग्य जग्गाको मात्रा घटेको छ, तर औधोगिकरण र जनसंख्याको वृद्धि बढिरहेको छ। अब यहि घटेको जग्गामा बिदेशबाट फर्किएका , नेपालमै बेरोजगार भई बसेका सबैले उत्पादनको क्षेत्रमा मात्र काम गर्ने हो भने , हाम्रो औसत जग्गा ०.५ हेक्टरबाट पनि तल झर्छ र प्रतिब्यक्ती उत्पादन पनि घट्दै जान्छ। त्यसको साटो व्यवसायिक करार, कबुलियती खेती, सहकारीखेती, सामुहिक खेतिमा अझ प्रभावकारिताकासाथ काम गर्नु अहिलेको आबश्यकता हो।

उत्पादमा पनि विविधता र पेसा व्यावसायमा, व्यावसायिकता र विविधता अहिलेको आबश्यकता हो। कुनै सहकारीले मेसिन प्रयोग गरेर व्यावसायिक रुपमा तरकारी खेती गर्दै छ भने , एक दुइजना सदस्यलाइ मेसिनरि कृषि औजारको संचालन र मर्मत गर्ने तालिम दिएर अनुभबी बनाउने हो भने कृषि क्षेत्रकै सहयोगी रहेर पनि कृषि क्रान्तिमा एउटा बलियो खम्बा बन्ने अबसर हामिसंग अहिले पनि छ।