शनिबार, साउन ०९, २०७८
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

श्रमिकको तलब कटौती गर्ने,धम्क्याउने जस्ता हानका निकप्ट हर्कतप्रति संघर्ष गर्ने मजदुर संघको चेतावनी

काठमाडौं – होटल तथा पर्यटन क्षेत्रमा कृयासिल तीन मजदुर संघले होटल संघ नेपाल( हान)को निर्णयका विरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् । आज(सोमवार) एक विज्ञप्ती जारी गर्दै तीन वटै मजदुर संघले यस्तो चेतावनी दिएका हुन ।

मजदुर संघहरुले हिजो (आइतवार) हानले श्रमिकलाई १२.५ प्रतिशत मात्रै तलव दिने गरेको निर्णय कदापी स्विकार्य नहुने भन्दै संघर्षको लागी श्रमिकहरुलाई तयार रहन आव्हान गरेको छ ।

अध्यक्ष अखिल नेपाल होटल क्यासिनो तथा रेप्टुराँ मजदुर संघ,नेपाल स्वतन्त्र होटल क्यासिनो रेप्टुराँ मजदुर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघका तीनै अध्यक्षद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ  ‘हानले बार्तालाइ भंग गरि एक तर्फि रुपमा श्रमिकको पारिश्रमिक सेवासबिधा,श्रम ऐन २०७४ को दफा १४५ प्रयोग गरि श्रमिक निस्कासन गर्ने धम्कि जस्ता निकप्ट हर्कत प्रति हामि घोरभत्सना गर्दछौ । राज्यले श्रमिकको सेवासविधाको बारेमा सम्बोधन गरेको राजपत्रलाइ समेत चुनौति दिइ होटेल संघ नेपालले गरेको अमानबिय कार्यका विरुद्ध सम्पर्ण पर्यटन क्षेत्रका श्रमिकहरु एकजुट भइ सशक्त रुपमा संघर्ष गर्न हामि अपिल गर्दछौ । राज्यको निति नियम नमान्ने ब्यबसायी, संस्थाहरुलाइ कानुनि कारवाहिको दाएरामा ल्याउन समेत नेपाल सरकार सग जोडदार माग गर्दछौ ।’

मजदुर संघद्धारा जारी ध्यानाकर्षण पत्रमा तिनै मातहतमा रहेको प्रतिष्ठान स्तरको युनियन लगायत आमश्रमिकहरुमा हानले गरेको १२.५ प्रतिसत पारिश्रमिक दिने निर्णय नमान्न र गम्भिर भएर आफनो प्रतिष्ठानका श्रमिकको परिश्रमिक सेवाबिधा र रोजगारिको संरक्षणकोनिमित्त एक जुट भइ सशक्त संघर्पको लागि तयार रहन समेत निर्देशन दिएको छ ।

संघले होटल संघ नेपालले एकतर्फि रुपले गरेको निर्णय फिर्ता लिन आग्रह गरेको छ । अन्यथा यसबाट उत्पन्न हुने परिस्थीतिको जिम्मेवारी हानले लिनु पर्ने जनाएको छ ।

कारोना महामारी तथा लकडाउनलाई देखाएर मजदुरहरुलाई रोजगारदाताले तलब नदिने र रोजीरोटी खोस्न थालेपछि मजदुर संघहरुले पटक पटक ध्यानाकर्षण गराएका थिए । त्यसका बावजुत होटल संघ नेपालले वैशाख १ गतेदेखि लागू हुने गरी ६ महिना होटल बन्द गर्ने निर्णय गरेको छ ।

हिजो (आइतबार) संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड १९का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको हो ।
गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले होटलमा कार्यरत मजदुरको लकडाउन अवधिभरिको तलबमध्ये ५० प्रतिशत रकम तुरुन्तै भुक्तानी गर्नुपर्ने र बाँकी ५० प्रतिशत लागि बैंकबाट सहुलियत ब्याजदरमा ऋण लिन सक्ने निर्णय गरेको थियो । सो निर्णय सार्वजनिक भएको दोस्रो दिनमै व्यवसायीहरुले होटल बन्द गर्ने निर्णय गरेका हुन् ।

संघले कर्मचारीलाई ६ महिनासमम्म आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने निर्णय गरेको थिए । संघले आफ्नो निर्णयमा असहमत हुने कर्मचारीलाई श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कटौतिको प्रक्रिया थाल्दै सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने निर्णय समेत गरेको छ ।

सहमतिअनुसार असोजसम्म कर्मचारीलाई आधारभूत तलबको १२.५ प्रतिशत दिइनेछ । सेवा शुल्क उपलब्ध गराउने होटलले सेवा शुल्क मौज्दातबाट प्रत्येक महिना उपलब्ध गराउनेछन् । आधारभूत तलबको १२.५ प्रतिशत तलब लिन नमान्नेलाई जागिरबाट निकाल्ने सहमतिमा उल्लेख छ ।

साथै आधारभूत तलबको १२.५ प्रतिशतमा सरकारले थप गरी तलब भुक्तान गर्न जब रिजेन्सन फण्डको व्यवस्था गर्न होटल संघ र टे्रेड युनियनले सरकारसँग पहल गर्ने लगागतका विषय पनि सहमतिमा छन् ।