बिहिबार, जेठ १५, २०७७
GokarnaNews

अष्ट्रेलियाले अप्ठेरोमा परेका विदेशी विद्यार्थीलाई ११ सय डलर दिने

अष्ट्रेलियाले अप्ठेरोमा परेका विदेशी विद्यार्थीलाई ११ सय डलर दिने

काठमाडौं – कोरोना भाइरसले आर्थिक गतिविधि नै ठप्प भएपछि अप्ठेरोमा परेका विदेशी विद्यार्थीलाई पनि अष्ट्रेलियाले आर्थिक सहयता गर्ने भएको छ ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यले विद्यार्थीहरुका लागि घोषणा गरेको ४५ मिलियन डलरको आपतकालिन राहत कोष अन्तरगत विदेशी विद्यार्थीलाई एक पटकलाई ११ सय डलर दिने जनाएको हो ।

भिक्टोरीया राज्य सरकारले जारी गरेको विज्ञप्तिमा विदेशी विद्यार्थीहरु पनि अष्ट्रेलियाको शैक्षिक क्षेत्र, अर्थतन्त्र र समुदायको महत्वपुर्ण हिस्सा भएकाले शुल्क मात्र लिने भन्दा पनि अप्ठेरोमा पर्दा सहायता गरिएको जनाइएको छ ।

भिक्टोरियामा १ लाख ५० हजार विदेशी विद्यार्थी बसोबास गर्दै आएका छन्। उनीहरुमध्ये कयौँले कोरोना भाइरसको महामारीले रोजगारी गुमाएका छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु