बिहिबार, जेठ १५, २०७७
GokarnaNews

कोरोना भाईरससँग लड्न के-कस्ता खानेकुरा खाने?

कोरोना भाईरससँग लड्न के-कस्ता खानेकुरा खाने?

काठमाडौं – कोरोना भाइरसले (कोभिड–१९) ले अहिले विश्व आक्रान्त छ । नेपाल पनि कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । जसमध्ये ११ जना निको भएर घर फिर्ता समेत भएका छन् । कोरोना नियन्त्रणको लागी सरकारले गरेको बन्दाबन्दी अर्थात लकडाउन पनि आज ३२ औं दिन भएको छ । सरकारले विभिन्न हिसाबले चेतनाका काम गरिरहेको छ । यति हुँदाहुँदै पनि हाम्रो दैनिकीमा केही व्यवहार लागू गरे कोरोनासँग लड्न सकिन्छ । नोबेल कोरोना भाइरस त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता रोगसँग डराउनु पर्दैन । रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ ।

-पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं ।

-हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं ।

-नियमित व्यायाम, योग, हाइकिंग गरौँ । खेल खेल्ने बानी बसालौं ।

-घाममा बसौं ।

-नियमित अनुलोमरविलोम गरौँ । यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ ।

-चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं ।

-बिहानरबेलुका नियमित १।१ चम्चा घ्यु खाने गरौँ ।

-लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।

-भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।

-पर्याप्त मात्रामा सुतौं ।

-पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ ।

-मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।

-दिल खोलेर हाँस्ने गरौँ ।

-नियमित चिया र कफी (दुध र चिनी नहालेको) सेवन गरौँ ।

-ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।

-सरसफाइमा अल्छी नगरौं ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु