बुधबार, कार्तिक ०५, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

विपन्न तथा दैनिक ज्यालादारी गरेर खाने परिवारका लागी ह्यगृव भैरब वालुवा प्रशोधन केन्द्रद्धारा २ सय बोरा चामल उपलब्ध

विपन्न तथा दैनिक ज्यालादारी गरेर खाने परिवारका लागी ह्यगृव भैरब वालुवा प्रशोधन केन्द्रद्धारा २ सय बोरा चामल उपलब्ध

काठमाडौं  – गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ टोठाडोलमा रहेको ह्यगृव भैरब वालुवा तथा ढुङ्गा प्रशोधन केन्द्रले विपन्न तथा दैनिक ज्यालादारी गरि खाने मजदुरहरुका लागी २ सय बोरा चामल उपलब्ध गराएको छ ।

लकडाउनका कारण न्यून आय भएका र दैनिक ज्यालादारी गरी खाने मजदुर मर्कामा परेको भन्दै युवा राजनीतिज्ञ एव्म ह्यगृव भैरब वालुवा तथा ढुङ्गा प्रशोधन केन्द्रका संलाचकद्धय श्याम कृष्ण श्रेष्ठ र सानुकाजी श्रेष्ठले गोनपा ३ मा रहेका त्यस्ता परिवारका लागी २ सय बोरा चामल स्वतन्त्र टोल सुधा समिति मार्फत सहयोग गरेका हुन ।

पहिलो चरणमा वडाले करिब ८८६ परिवारलाई राहत उपलब्ध गराएको थियो । तथापी वडाले उपलब्ध गराएको ५ केजी चामलले १५ दिन सम्म पनि नपुगेपछि मजदुर तथा गरिब परिवार मर्कामा परेको खबरपाएसँगै आफुहरुले सकेको सहयोग उपलब्ध गराएको ह्यगृवका संचालक श्याम कृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार वडा ३  कार्यालय र स्वतन्त्र टोल सुधा समितिले राखेको लगतमा करिब १ हजार जनालाई राहत उपलब्ध गराईने छ ।

संचालक श्रेष्ठले कोरोना महामारीका कारण देशभर लकडाउन भएपछि यस्तो विषम परिस्थितीमा सहयोग गर्नु आफुहरुको कर्तव्य ठानेरै यो सहयोग उपलब्ध गराएको बताए । उनले भने ‘कारोनाले विश्व आक्रान्त छ, नेपालमा पनि संक्रमित बढ्दो क्रममा छन् । कोरोना रोकथामका लागी सरकारले लकडाउन गरेको आज २७ दिन भइसक्यो यस्तो अवस्थामा लकडाउनका कारण घर जान नपाएका , विधार्थी देखी यस क्षेत्रका विपन्न तथा मजदुरहरुको दैनिकी कष्टकर बनेको छ । यस्तो अवस्थामा हामीहरुले सहयोग नगरे कस्ले गर्ने भन्ने सोच अनुरुपनै यो सहयोग समिति मार्फत उपलब्ध गराएका हौं ।’

युवा नेता श्रेष्ठले विभिन्न क्षेत्रमा कार्यरत मजदुर खान- बस्ने अभाव भएर पैदल यात्रा मार्फत उपत्यका छाड्न थालेपछि स्थानिय सरकार, प्रदेश र केन्द्रसरकारले ति मजदुरहरुको व्यवस्थापनमा जोड दिन समेत माग गरे । उनले भने ‘काठमाडौं देखी पूर्वको सप्तरी,सुनसरी र पश्चिमको सुर्खेत नेपालगन्जसम्म पैदल यात्रा मार्फत भोकै प्यासै मजदुरहरु सडकमा अलपत्र छन् त्यस्ता मजदुरहरुको अविलम्ब उद्धार तथा व्यवस्थापनमा सबै तह सरकारले आवश्यक कदम चाल्नुपर्छ ।’

यता केन्द्रीय सरकारले विपन्न,गरिब तथा दैनिक ज्यालादारी गर्ने परिवारलाई राहत वितरण गर्न निर्देशन दिए सँगै केही स्थानिय तहले राहत त उपलब्ध गराए तर १० दिन नपुग्ने ५ केजी चामल , १ केजी तेल लगायतले यति लामो समयसम्म कसरी पूग्ला भन्ने हेक्का राख्न सकेनन् । तेती मात्र होइन केही उपत्यका भित्रकै स्थानिय तहका जनप्रतिनिधिले चामलका बोरा गरिबलाई बाड्नुको साटो आफ्नो घरमा लकाएका घटनाक्रम पनि यही राहत वितरण कार्यमै देखा परे । त केही ठाँउहरुमा भने राहत वितरणमा अनियमितता घटना देखी राहत पाउने परिवार भन्दा अन्य व्यक्तीले राहत पाएका समाचार दैनिक रुपमा आएका छन् । यसरी निमुखा वर्गको गास काट्ने जनप्रतिनिधिहरुले भोली समाज र राष्टलाई कसरी अगाडी बढाउला सोच्न बाध्य पारेका छन । तर श्रेष्ठ जस्ता मनकारी मनकै कारण विपन्न,गरिब तथा मजदुर परिवारले राहतको केही अनुभुती भने पक्कै गरेका छन ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु