सोमबार, असोज ०५, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

काठमाडौमा खै मजदुरले राहत पाएको यस्तो छ गुनासो ! tarkeshwor nagarpalika

काठमाडौमा खै मजदुरले राहत पाएको यस्तो छ गुनासो ! Tarkeshwor Nagarpalika | Majdoor Aawaj

 

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

काठमाडौं  -जनता समाजवादी पार्टीको जनवर्गीय संगठन समाजवादी ट्रेड युनियन महासंघद्धारा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुका २ नयाँ घटक संघको घोषणा गरेको छ ।

ट्रेड युनियनले काठमाडौंमा आज एक कार्यक्रमकाबीच समाजवादी गलैचा श्रमिक संगठन र समाजवादी घातु तथा हस्तकला स्वरोजगार मजदुर संघको नयाँ घटक संघ खडा गरेको हो । गलैचा श्रमिक संगठनमा सुरेश मोक्तानको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति र घातु तथा हस्तकला स्वरोजगार मजदुर संघमा गोविन्द सुनारको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको ट्रेड युनियन महासंघ उपाध्यक्ष अर्जुन लम्सालले जानकारी दिए ।

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता
ट्रेड युनियन महासंघ अध्यक्ष लालध्वज नेम्वाङले गरेका थिए । त्यस्तै अतिथिमा जसपाका केन्द्रिय सदस्य तारा बहादुर विश्वकर्मा लगाएतका अतिथिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य ट्रेड युनियन उपाध्यक्ष सारदा भट्टराईले गरिन भने संचालन डिवी सरोज राईले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले अबको वैकल्पीक शक्ती जनता समाजवादी पार्टीनै भएको दावी गरे । उनीहरुले समाजवादीलाई अझ शशक्त र नयाँ शिराबाट अगाडी बढाउँदै लैजाने भन्दै ट्रेड युनियन महासंघ संगठन निमार्ण तथा विस्तारमा शशक्त भएर लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा ट्रेड युनियन महासंघ उपाध्यक्ष अर्जुन लम्सालले महासंघमा आवद्ध दुई नयाँ घटक संघ कार्यसमितिको घोषणा गर्दै महासंघमा अब १७ पेशागत संगठनको आवद्धता रहेको बताए । यस अघि महासंघमा १५ संगठनको आवद्धता रहेको थियो । उपाध्यक्ष लम्सालले यस्ता अनौपचारिक क्षेत्रमा कार्यरत अन्य श्रमिक वर्गहरुलाई समेत समेटेर ट्रेड युनियन महासंघ अगाडी बढ्ने बताए ।

समाजवादी ट्रेड युनियन महासंघद्धारा दुई नयाँ पेशागत घटक संघको घोषणा

काठमाडौं – समाजवादी ट्रेड युनियन महासंघले सातै प्रदेशमा प्रदेश संयोजकहरु तोकेको छ । ट्रेड युनियनको केन्द्रिय कार्यालयमा बिहिबार बसेको बैठकले युनियनका गतिविधिहरुलाई विस्तार गर्दै मजदुरहरुको पक्षमा आवाज बुलन्द गर्न प्रदेश संयोजक तोकेको हो ।

समाजवादी ट्रेड युनियन महासंघ अध्यक्ष नबराज दाहालका अनुसार प्रदेश १ मा महोमद नसरुल, प्रदेश २ मा शोभा देवि मण्डल ,प्रदेश ३ मा रामजी श्रेष्ठ , प्रदेश ४ मा ऋषिराम तिवारी , प्रदेश ५ मा मेनुका शाही,प्रदेश ६ मीन बहादुर कार्की र प्रदेश ७ मा तिलक जोशिलाइ लाई संयोजकको जिम्मेवारी दिएको हो ।

उक्त बैठक आफ्ना धारण राख्दै अध्यक्ष दाहालले मजदुर आन्दोलनका समग्र उपलब्धिहरु को समिक्षा गरेका थिए । उनले सम्पूर्ण संगठित र असंगठित मजदुर वर्गलाई समाजिक सुरक्षा कार्यक्रममा आवद्ध हुन आह्वान गरेका छन ।

अध्यक्ष दाहालले बिपदको समयमा सबै मिलि सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको विरुद्धमा लाग्न जोड दिए ।

यस्तै प्रबक्ता उत्तम अधिकारिले ट्रेड युनियनको भुमिका महत्त्वपूर्ण भएकोे बताए ।

बैठकले ११ सदस्यीय कार्य सम्पादन समितिको पनि निर्माण गरेको छ । कार्यक्रम ट्रेड युनियनका महासचिव केशव राज अधिकारीले संचालन गरेका थिए ।

समाजवादी ट्रेड युनियन महासंघले तोक्यो सातै प्रदेशमा प्रदेश संयोजक

काठमाडौं – अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)ले मजदुरहरुका तलब, भत्ता नदिने रोजगारदाताहरुले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ ।

शुक्रबार अन्टुफ अध्यक्ष जगत सिम्खडाको अध्यक्षतामा बसेको पदाधिकारीको भर्चुअल बैठकले बन्दाबन्दीलाई कारण बनाएर मजदुरहरुका तलब, भत्ता तथा सेवा सुविधा कटौती गर्ने रोजगारदाता र सरोकारवाला निकायहरुलाई यस्तो चेतावनी दिएको हो ।

बन्दाबन्दीमा समेत श्रमिकहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाको आधारभूत सुरक्षा सामग्री उपलब्ध नगराई विभिन्न क्षेत्रमा श्रममा लगाइरहेको तर पारिश्रमिक दिन बिभिन्न बाहनावाजी गरिरहेको पाइएको बैठकले बिनाशर्त मजदुरहरुलाई पारिश्रमिक दिनुपर्ने निर्णय गरेको छ ।

हालै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकहरुलाई कोरोनाको संक्रमण देखिएको भन्दै उनले उनीहरुको स्वाब परीक्षण साथै व्यवस्थापनमा तीनै तहका सरकारले जुन भूमिका खेल्नुपर्ने हो, त्यसो गर्न नसकेकोमा बैठकले व्यवस्थापनको पाटोमा सरकारले ट्रेड युनियनसँग आवश्यक समन्वय र सहकार्य गर्न नसक्दा जटिलता देखिएको बताएको छ ।

विदेशमा रहेका तर स्वदेश फर्कन चाहने नेपालीहरुलाई सरकारले फिर्ता ल्याउनुपर्ने साथै फर्किएकाहरुलाई कोरोना संक्रमण, रोकथाम र नियन्त्रणका लागि क्वारेन्टाइनसहितको उचित व्यवस्थापन गरिनुपर्ने बैठकमा छलफल भएको थियो ।

कोराना संकटले निम्त्याएको बन्दाबन्दीको पूर्णपालना गर्दै स्थानीय तहको समन्वयमा मजदुरहरुका दैनन्दिनका समस्या हल गर्न साथै कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि आवश्यक भूमिका खेल्न र अनुगमनको कामलाई निरन्तरता दिन समेत बैठकले मातहतका कमिटी र नेतृत्वलाई आवश्यक निर्देशन गरिएको अन्टुफले जनाएको छ ।
उक्त भर्चुअल बैठकमा उपलब्ध पदाधिकारी, सातै प्रदेश तथा परिषद् इन्चार्ज तथा अध्यक्षहरुले वर्तमान अवस्थामा अन्टुफले तत्कालै गर्नुपर्ने कामहरुका बारेमा चर्चा गरेका थिए ।
यसैगरी वर्तमान संकटमा श्रमिकहरुलाई उत्तेजित पार्न र धमिलो पानीमा माछा मार्ने उद्देश्यलेप्रेरित भई मजदुरहरुका रोजीरोटीमाथि राजनीति र व्यावसायिक मुनाफाको अभिष्ट नराख्न रोजगारदाता संघसंस्थाहरुलाई बैठकले सचेत गराएको छ ।

मजदुरहरुको तलब, भत्ता नदिने रोजगारदाताहरुले ठूलो मूल्य चुकाउनु पर्ने अन्टुफको चेतावनी

सउल – धादिङ झार्लाङ निवासी मैती तामाङको गत सोमबार (जेठ १२ गते ) कोरियामा मृत्यु भएको छ । झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्शन कम्पनीमा काम गर्ने क्रममा एकतला माथिबाट लडेर उपचारका क्रममा उनको मृत्यु भएको हो ।

गत वैशाख १२ ‘आराबाइट’ काम गर्ने क्रममा लडेका उनको टाउकामा गम्भीर चोट लागेको र अत्यधिक रक्तश्रावका भएको थियो । घटनापछि तत्काल स्थानीय अस्पतलमा लगिए पनि उक्त अस्पतालमा उपचार असम्भव भएपछि तत्कालै छनानको थानगुक शिक्षण अस्पतालमा आइसियूमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको गत सोमबार बेलुका मृत्यु भएको हो ।

तामाङ पाँच वर्षअघि भिजिट भिसामा कोरिया आइ अवैधानिकरूपमा कोरिया बस्दै काम गर्दै आइरहेका थिए । अन्दाजी ४५ वर्षीय तमाङ अवैधानिक भएका कारण कुनै स्वस्थ्य बीमा नभएको र निजको उपचार खर्च लगभग रु एक करोड बिल आएको उनकी बहिनी कविता तामाङले जानकारी दिइन ।

यो हप्तासम्म बाँकी रहेको बिल तिरी तामाङको मृत शरीरलाई सदगद गर्न सम्बन्धित अस्पतालले आग्रह गरेको छ । तर उक्त रकम तिर्ने अवस्था नभएको भन्दै तामाङको बहिनी कविताले कोरियाको विभिन्न सङ्घसंस्था, व्यापारी, श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गरिदिन आग्रह गरेकी छिन् ।

उपचार खर्च तिर्न नसक्दा एक नेपालीको शव कोरियाको अस्पतालमा

यूएई – यूएईको आबुधावीमा कार्यरत एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । कपिलवस्तु बाणगांगा नगरपालिका वडा नम्बर ८ लौगाइ घर भै लामो समय देखि यूएईको आबुधावीमा रहेको एक होटलमा कार्यरत ३९ बर्षका चुडामणि ढकालको शनिबार ज्यान गएको हो । उनी केही हप्ता पहिले अस्पताल भर्ना भएका थिए ।

स्वास फेर्न गाह्रो हुने तथा ज्वरो आउने समस्या बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो थिए । सुरुमा निमोनियाका कारण बिरामी भएको भन्दै बिरामीलाई निमोनियाको औषधि दिईएको पारिवारिक श्रोतले जनाएको छ । धेरै असजिलो भएपछि आबुधाबी स्थित ब्रुजिल हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

सुरुमा निमोनिया देखिएर अस्पताल भर्ना भएका उनको कोरोना भाइरसको कारण ज्यान गएको अस्पतालले जारी गरेको मृत्यु प्रमाण पत्रमा उल्लेख छ।

कोरोनाका कारण युएईमा एक नेपाली युवाको मृत्यु

वडा समाचारहरु