मङ्गलबार, बैशाख २८, २०७८
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

थाक्रेका किसानको तरकारी बारीमै कुहिदै, स्थानीय प्रसासन मौन

  • निर्मल कोइराला

धादिङ — पृथ्वीराजमार्गलाई नै छोएको थाक्रे गाउँ पालिका जुङेखोला देखि कलंकीको दूरी ३१ किलोमिर पनि छैन । राजधानीबाट यति नजिकको जुङेखोलामा गरिएको बेमौसमी तरकारी खेती लकडाउनको कारण खेतमै कुहिन थालेको छ । खेतमा रहेको र सबै गह्रा(गह्रामा टिपेका तरकारी काँक्रो, फर्सी, बन्दा, काउलीको थुप्रो छ ।

केही काउली, बन्दा र काँक्रो छिप्पिएर काम नलाग्‍ने भइसकेको छ। लकडाउन नहुँदै टिप्‍ने समय नभएको र टिप्‍ने समयमा लकडाउनले बजारमा पठाउन नपाएको किसानहरूले बताए ।


नियमित तरकारी लिन आउने बिचौलियाहरू लकडाउनमा काठमाडौंमा तरकारी किन्‍ने मान्छे नभएको र आज देखि कडा भएको बताउदै तरकारी नलिने बताएको एक कृषकले बताए । किसानको तरकारी खेतमा कुहिने क्रममा रहेपनि स्थानीय प्रसासन मौन रहेको र स्थानीय प्रसासनले किसानको तरकारी बजारमा पुर्याउन कुनै पनि पहल नगरेको स्तानिय किसानले गोकर्ण न्युजका सम्बाददातालाई बताए ।

कालीमाटी तरकारी बजारलाई दैनिक २६ प्रतिशत तरकारी निर्यात गरी रहेका जिल्लाका किसान यतिबेला तरकारी खेतमा कुहिदा चिन्तित बनेका छन ।

‘गत साल यसै मौसममा आउने बिचौलियाहरू तरकारीको थोक मुल्यमा बढाबढ गर्थे, तर यसपाली प्रतिकेजी १० रुपैयाँ देखि १३ रुपैयाँमा पनि तरकारी लिन मान्दैनन्,’ थाक्रे ७ जुङेखोलाका कृषक राजु कोइरलाले भने। कोइरालाको ३० क्विन्टल काउली बारीमा कुहिन लागेको छ । यो त एक प्रतिनिधि पात्र मात्र हुन । खेतमा तरकारी सकेर मकै छर्ने चटारो हुँने बेलामा खेतमा रहेको काउली, बन्दा, फर्सी, काक्रो लगाएतका तरकारी माथीनै जोत्न किसान बाध्य बनेका छन ।