बिहिबार, जेठ २२, २०७७
GokarnaNews

कोरोनाबाट अमेरिकामा थप एक नेपालीको मृत्यु

कोरोनाबाट अमेरिकामा थप एक नेपालीको मृत्यु

अमेरिका – कोरोनाको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ ।

कोरोनाभाइरसका कारण न्युयोर्कमा ङिमा तेम्बा शेर्पाको निधन भएको हो। शेर्पा किदुग अमेरिकाले श्रद्धान्जली व्यक्त गर्दै शेर्पाको निधनको पुष्टि गरेको छ।
शेर्पा किदुगका आजीवन सदस्य ङिमा तेम्बा शेर्पाको आज बिहान क्वीन्सको एल्मर्स्ट अस्पतालमा असामयिक निधन भएको अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्कीले बताए।

ङिमा तेम्बा शेर्पा कोभिड १९ को संक्रमणका कारण विगत केही हप्तादेखि सो अस्पतालमा उपचाररत थिए।

कोरोनाको महामारी सुरु भएयता १५ दिनमा अमेरिकामा हालसम्म ५ जना नेपालीहरुको निधन भएको जनाइएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पछिल्लो समय तीव्र देखिएको छ ।

अमेरिकामा पछिल्लो मंगलबार १ हजार ९१९ जनाले ज्यान गुमाएका थिए । यो तथ्यांक हालसम्मकै उच्च हो ।

अमेरिकाको न्युयोर्क शहरमा मात्रै एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ । गभर्नर एन्ड्रयु कुमोकाअनुसार मंगलबारसम्म न्युयोर्कमा मृत्यु हुनेको संख्या पाँच हजार चार सय ८९ पुगेको जानकारी दिएका थिए । संक्रमितको संख्या भने न्युयोर्कमा एक लाख ३८ हजार आठ सय ३६ पुगेको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु