बिहिबार, जेठ २२, २०७७
GokarnaNews

गोकर्णेश्वरमा शंकस्पद बिरामी फेला, उच्च सतर्कता रहन प्रहरीको अनुरोध

गोकर्णेश्वरमा शंकस्पद बिरामी फेला, उच्च सतर्कता रहन प्रहरीको अनुरोध

चैत २६, काठमाडौं । गोकर्णेश्वर नगरपालिका स्थित मेडिकल कलेज नजिक बस्दै आएको एक शंकस्पद बिरामी फेला परेको छ ।

दुबईबाट गत चैत ६ गते एर अरेबिया उडानबाट नेपाल आएका भुजेल थरका ३७ बर्षिय व्यक्ती श्रीमती र छोरासंगै बसेको थाहा पाएपछि गोकर्ण प्रहरी प्रभागका प्रमुख प्रभाकार पुडासैनीको आग्रहमा सेल्फ क्वारेन्टाइनमा बस्दै आएका थिए । हिजो मंगलबार एक्कासि बिरामी भएपछि अत्तरखेल मेडिकल अस्पतालमा भर्न हुँदा ज्वारोको मात्र बढी देखिएको र विश्व स्वास्थ्य संगठनले तयार पारेको स्कृनिङ टेस्टको १० स्कोरमा ५ स्कोर देखिएपछि टेकु स्थित शुक्रराज ट्रीपिकल सरुवा रोग उपचार अस्पताल रिफर गरिएको मेडिकल कलेज ईमर्जेन्सी विभागका प्रमुख डाक्टर उर्मिला भारातिले जानकारी दिईन ।

डा. भारातिका अनुसार थर्मल गनबाट ज्वारो नापजाँच गर्दा १०१.५ डिग्री देखाईएको र विदेशबाट आएको हुँदा थप शंका लागेकोले टेकु रिफर गरेको बताईन । स्थायी घर झापा स्थित गान्द्र नगरपालिका वडा ९ रहेको सो व्यक्तिको श्रीमती गलैँचा मजदुरी गर्दै आएकी र आर्थिक अवस्था समेत कमजोरी भएकाले प्रहरी प्रभाग गोकर्णका सहयोगमा वडाबाट केही राहतको व्यवस्थापन गरेको प्रहरी प्रमुख भारातीले गोकर्ण न्युजलाई बताए ।

गोकर्णेश्वर नगरपालिका भित्र गत चैतको पहिलो हप्तासम्म आएका १६ जनाको तथ्यांक आएको नगर प्रमुख सन्तोष चालिसेको जानकारी दिए । त्यस्तै कोरोना संक्रमणबाट बच्न सरकारले घोषणा गरेको लकडाउनलाई पुर्ण पालना गर्न प्रहरीले आग्रह गरेका छन । नगरभित्र सबै नागरिकको सुरक्षा र स्वास्थ्यलाई मध्यनजर राख्दै खटिदै आएका बौद्ध महानगरीय प्रहरी वृत्तबाट जनचेतनामूलक शन्देश समेत प्रवाह गर्दै आएको छ ।

लक डाउनको उल्लंघन गर्नेहरुलाई कार्वाही गर्दै फेरि घर बाहिर ननिस्किने शर्त सहित चोड्दै आएका छन । जोरपाटी, नारायणटार, नयाँबस्ती लगायत क्षेत्र उच्च जोखिम रहेका कारण आम नागरिकलाई लक डाउनको समय घरभित्रै रहन अनुरोध गरेका छन ।

 

सम्बन्धित समाचारहरु

वडा समाचारहरु