बिहिबार, जेठ १५, २०७७
GokarnaNews

बेलायत र जर्मनीका ५३६ नागरिक बोकेर काठमाडौंबाट उडे दुई जहाज

बेलायत र जर्मनीका ५३६ नागरिक बोकेर काठमाडौंबाट उडे दुई जहाज

काठमाडौं – यूरोपेली मुलुकले धमाधम आफ्ना नागरिकलाई नेपालबाट फिर्ता लगिरहेका छन् । यसैक्रममा बुधबार दुई चार्टर्ड उडान भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बेलायतले टीटान एयरवेजको जहाजबाट २५२ जना नागरिक बोकेर उडेको छ । यो जहाज कतारको दोहामा इन्धन भरेर लण्डनतर्फ लाग्ने छ । यो बेलायती वायुसेवा कम्पनी हो ।

बुधबार नै जर्मनीले समेत कतार एयरवेजमार्फत थप नागरिक फिर्ता लगेको छ । जर्मनीले चार्टर्ड गरेको यो जहाजमा २ सय ८२ यात्रु, २ नाबालक नेपालबाट उडेका छन् ।

उनीहरु धेरैजसो जर्मन नागरिक र केही यूरोपेली यूनियनभित्रका नागरिक रहेको समेत बताइएको छ । नेपालमा अन्तराष्ट्रिय हवाई उडान प्रतिवन्धको मिति निरन्तर बढेसँगै देशहरुले नेपालबाट धमाधम आफ्ना नागरिक फिर्ता लगिरहेका छन् ।

यस क्रममा देशहरुले टिकटको मूल्य यात्रु आफैंले आफैले तिर्नेगरी चार्टर्ड उडानको व्यवस्थापन गरिरहेका छन् ।

यसैबीच, क्यानडाले भने ११ अप्रिलमा आफ्ना नागरिकलाई नेपालबाट फिर्ता लैजाने भएको छ । त्यसका लागि चार्टर्ड उडानको तयारी गरिएको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु