बिहिबार, जेठ २२, २०७७
GokarnaNews

अमेरिकाले थाल्यो इबोलाविरुद्धको औषधि कोरोना संक्रमितमा परीक्षण

अमेरिकाले थाल्यो इबोलाविरुद्धको औषधि कोरोना संक्रमितमा परीक्षण

एजेन्सी -विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको रोकथामका लागि विभिन्न प्रयास थालिए पनि संक्रमण रोकिएको छैन ।

हालसम्म कोरोनाविरुद्धको औषधि पत्ता लागेको छैन । विभिन्न देशका बैज्ञानिकहरु यसका लागि अहोरात्र खटिरहेका बेला अमेरिकाले इबोलाविरुद्धको औषधि कोरोना संक्रमितमा परीक्षण थालेको जनाइएको छ ।

‘रेमडेसीभिर’नामको औषधिलाई अमेरिकाको क्यालिफोर्नियास्थित कम्पनी गिलिड साइन्सेजले तयार गरेको थियो ।

कम्पनीले परीक्षणको क्रममा संक्रमित बिरामीहरुलाई १५ लाख डोज निःशुल्क दिने जनाएको छ । कम्पनीको परीक्षणमा ठूलो संख्यामा संक्रमितहरुलाई सहभागी गराइने डेलिमेलले उल्लेख गरेको छ ।

मूल रुपमा यो औषधिलाई इबोला भाइरससँग लड्नको लागि बनाइएको थियो । यद्यपि यो औषधिले कोरोनाभाइरस जुन प्रोटिनबाट फैलिन्छ त्यो प्रोटिनलाई पनि रोक्ने क्षमता राख्छ ।

कम्पनीले १५ लाख डोज निःशुल्क दिने भनेको छ जसले १ लाख ४० हजार ‘ट्रिटमेन्ट कोर्स’ पूरा हुन्छ अर्थात परीक्षण सफल भएको खण्डमा यति डोजले १ लाख ४० हजार बिरामीको पूर्ण उपचार हुन्छ र उनीहरु पूर्ण स्वस्थ हुनेछन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु