बिहिबार, जेठ १५, २०७७
GokarnaNews

लकडाउनमा सुनसान बौद्धनाथ स्तुपा(तस्बिरमा)

लकडाउनमा सुनसान बौद्धनाथ स्तुपा(तस्बिरमा)

काठमाडौं  – विश्व सम्पदामा सूचीमा सूचीकृत १० वटा सांस्कृतिक तथा ऐतिहासिक सम्पदामध्ये ७ वटा काठमाडौंमा मात्रै रहेका छन् । कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लकडाउन गरेको आज १३ औं दिन हो । कोरोनाले विश्व आक्रान्त बनिरहेको छ । कोरोनाकै कारण झण्डै ७० हजार जनाले ज्यान गुमाएका छन् भने १२ लाख भन्दा बढी संक्रमित भएका छन् । नेपालमा समेत ९ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये १ जना निको भएकाछन् भने अन्य ८ जना विभिन अस्पतालमा उपचाररत छन्। कोरोनाको संक्रमण नफैलियोस भनेर सरकारले लकडाउन थप एक साता लम्क्याउने तयारीमा रहेको छ ।

सरकारले पर्यटन बर्ष २०२० मनाउन भव्य उद्घाटन गर्यो । स्वदेश तथा विदेशमा प्रचार प्रसार तिव्र पारिएको थियो तर यतीनै बेला विश्का २०८ मुलुकमा कोरोना भाइरस महमारीका रुपमा फैलीएको छ। सरकारको तयारी र योजनालाई कोरोनाको महामारीले ठुलो धक्का पुगेको छ । सधै आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने पर्यटकिय स्थलहरु लकडाउनले सुनसान छन् ।

विश्व सम्पदामा सुचिकृत वौद्धनाथ स्तुपा पनि यति बेला सुनसान छ । लकडाउनमा बौद्धनाथ स्तुपा

 

सम्बन्धित समाचारहरु

वडा समाचारहरु